Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

को हुन् लुम्बिनीको मुख्यमन्त्रीका दावेदार राना ?

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins
A A- A+

पाल्पा । नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुनुहुन्छ । पाल्पा क्षेत्र नं.२ (१) बाट भारी मतका साथ निर्वाचित भएसँगै रानाको मुख्यमन्त्री बन्ने ढोका खुलेको छ ।

रानाको प्रदेश सांसद यात्रा
२०२२ साल जेठ १५ गते पाल्पाको बगनासकाली गाउँपालिका खानीगाउँमा बुवा टिकाराम राना र आमा गोमती रानाको गर्भबाट जन्मनुभएका रानाको यो दोस्रो सांसद यात्रा हो । उहाँ यसअघि समानुपातिक र अहिले प्रत्यक्षबाट निर्वाचित सांसद बन्नुभएको हो । २०७४ को प्रदेश सभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएपछि उहाँ पहिलो पटक लुम्बिनी प्रदेशमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बन्नुभएको हो । पाल्पा र पाल्पावासीको समृद्धि र विकासमा अहोरात्र खट्नुभएका राना प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै कूल प्रसाद केसी नेतृत्वको गठबन्धन सरकारबाट मन्त्री बन्नुभएको थियो ।

२०४५ देखि राजनीतिक यात्रा सुरु गर्नुभएका राना तरुणदलदेखि नेपाली काँग्रेसको क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी जिल्ला सह–सचिव हुँदै जिल्ला सभापति हुनुभएको थियो । राना नेपाली काँग्रेसको १२ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति र १३ औं महाधिवेशनमा सर्वसहमत रुपमा पुनः पार्टी सभापति हुनुभयो । २०७० सालको आमनिर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी बन्नुभएका राना तत्कालिन एमालेका सोमप्रसाद पाण्डेयसँग झिनो मतको अन्तरले पराजित हुनुभएको थियो । २०७४ को निर्वाचनमा भने उहाँ लुम्बिनी प्रदेशमा समानुपातिक तर्फबाट उम्मेदवारी दिई सांसद बन्नुभएको हो । सांसदको भूमिकामा रहेदेखि नै पाल्पा र पाल्पावासीको समृद्धि र विकासमा अहोरात्र खट्नुभएका राना अहिले भारी मतले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रतिनिधि सभाबाट ब्याक
राना उम्मेदवारी दिनुुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको थियो । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै हुनुहुन्थ्यो । अचानक सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीको भागमा क्षेत्र नं. २ को टिकट सार्वजनिक भयो । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका रानाका लागि गठबन्धनको निर्णय स्वाभाविकै रुपमा ‘अप्रिय’ हुनु पर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा समाजवादीका नेता तगारो बन्न आउने संशय उहाँलाई थियो । नभन्दै रानाको क्षेत्रमा समाजवादीका सोमप्रसाद पाण्डेयको उम्मेदवारी निश्चित भयो ।

त्यसो त पाण्डेयलाई एकिकृत समाजवादीले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस गरिसकेको थियो । केन्द्रबाटै आएको गठबन्धनको निर्णयलाई सहजै स्वीकार गर्दै राना प्रतिनिधि सभाबाट ब्याक भएर प्रदेश सभामा उम्मेदवारी दिनुभयो । रानालाई प्रतिनिधि सभामा पठाउन पाल्पाली नेता तथा नागरिकहरुको ठूलै समर्थन थियो तर गठबन्धनको निर्णय रानाका लागि बाध्यात्मक बन्यो । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार पाण्डेलाई स्वीकार गरेर यही क्षेत्रको प्रदेशसभा १ बाट उम्मेदवार बनेर रानाले आफ्नो अभियान तीव्र पार्नुभयो । पाल्पाली नेता कार्याकतालाई साथमा लिएर चुनावी अभियानमा होमिनुभएका राना अन्ततः सफल हुनुभयो ।

प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउदै प्रदेशसभा प्रवेशको गतिलो साइत उहाँका लागि जुर्यो । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणामअनुसार रानाले १६ हजार ३९ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याउनुभयो । प्राप्त मत परिणामअनुसार रानाले २ हजार ७५ मतान्तरमा विजयी हुनुभयो । चुनावी परिणामले उहाँलाई प्रदेशसभा सदस्यका रुपमा मात्रै उभ्याइदिएन, लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको सम्भावनाको नजिक समेत पुर्याइदिएको छ ।

अबको यात्रा
राना उम्मेदवार बन्नुअघि देखि नै प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चलेको हो । उहाँ प्रदेश सांसद होस् वा मन्त्री हुँदा नै प्रदेशको विकास र समृद्धिका लागि सक्रिय रुपमा लागेका कारण पनि उहाँलाई धेरैले अबको मुख्यमन्त्रीका रुपमा देख्न चाहेका छन् । यसकारण पनि उहाँको विजयीको सुरुवात मुख्य मन्त्री बन्ने संकेतका रुपमा धैरेले लिएका छन् । उहाँ आफू पनि अबको मुख्यमन्त्रीका लागि प्रमुख दावेदार हुनुुहुन्छ । रानाले विगतदेखि नै पाल्पालाई समृद्धि र उज्यालो बनाउने अठोट लिदै आउनुभएको थियो ।

मन्त्री बनेको छोटो समयमै उहाँले पाल्पा र समग्र प्रदेशको विकासमा उल्लेखीय काम गर्नुभएको छ । यसका कारण पनि उहाँ मुख्यमन्त्रीको दावी गर्दै आउनुएको छ । निर्वाचित भएपछि उहाँले हिटासँग कुरा गर्दै भन्नुभयो, ‘चुनावी परिणामको उत्साह मात्रै हैन, प्रदेशको नेतृत्वकर्ताको जिम्मेवारी पनि आजैबाट बोकेको छु ।’ रानाले यो प्रदेशको समृद्धिको रेखांकनसमेत कोर्न थालिसकेको समेत बताउनुभयो ।

‘यो निर्वाचनको परिणाम हेर्दा नेपाली जनताले प्रदेशमा स्थिर सरकारमात्रै खोजेका होइन, अब प्रदेशलाई हाक्ने नयाँ नेतृत्व पनि खोजिरहेका छन् । त्यस्तो नयाँ नेतृत्व आजको दिनमा कसैले दिन सक्दछ भने त्यो नेपाली काँग्रेसले मात्रै दिनसक्छ,’ रानाले भन्नुभयो । उहाँले सूूवातदेखि नै आफूलाई मुख्यमन्त्रीका रुपमा दावी गरेका कारण पनि पाएको मतको एउटा आधार त्यसलाई पनि मान्न सकिन्छ । मतको सम्मान गर्न पनि रानाका सामु अर्को चुनौती आइपरेको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?