नवलपरासी-२ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

हिमालय टाइम्स
Read Time = 1 min

पश्चिम नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराउनु भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराउनु भएको हो ।

प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गर्नुभयो । एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाउनु पर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?