बारा । बारामा ४ प्रतिनिधि तथा ८ प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्र रहेकोमा २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमाले र एउटामा नेकपा समाजवादीले जित हासिल गरेका छन् ।
बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्चूत मैनालीले सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले ९ हजार भन्दा बढी मतको फराकिलो अन्तरले हराउन सफल हुनु भएको छ ।
एमालेका मैनालीले ३९ हजार १ सय ९७ मत प्राप्त गरी विजयी हुुनु भएको छ भने नेपाली काँग्रेसका चौधरीले ३० हजार ५६ मत प्राप्त गरी पराजय भोग्नु परेको छ ।
यसै गरि निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका ज्वाला कुमारी साहले जसपाका रामबाबु यादवलाई २ हजार ९ सय ८२ मतले पछि पार्दै विजयी हुनुभएकाे छ । साहले २० हजार २ सय ५१ मत प्राप्त गरी विजयी हुनुभयाे भने उहाँका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामबाबु कुमार यादवले १७ हजार २ सय ६९ मत पाउनु भएको थियो ।
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा समाजवादीका कृष्ण कुमार श्रेष्ठ (किसान) ले १० हजार भन्दा बढी फराकिलो मतले आफनो प्रतिद्वन्द्वीलाई हराउँदै विजयी हुनु भएको छ । श्रेष्ठले २९ हजार ५ सय ५ मत ल्याई विजयी हासिल गर्नु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबाल मियाले १९ हजार ४ सय ३४ मत पाउनु भएको थियो ।
यसै गरी प्रदेश सभा सदस्यमा बारा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट जसपाका सरोज कुमार यादव विजयी हुनु भएको छ । यादवले १५ हजार ९ सय २७ मत ल्याई विजयी हासिल गर्नु भएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नागेन्द्र प्रसाद कानुले ११ हजार ४० मत पाउनु भएको थियो । यसै गरि बारा निर्वाचन क्षेत्र नम्बर २ को (क) मा स्वतन्त्र उम्मेदवार शारदा शंकर प्रसाद कलवार विजयी हुनु भएको छ ।
कलवारले ९ हजार २ सय ९५ मत पाउनु भएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बलविर चौधरीले ६ हजार ८ सय ६७ मत पाउनु भएको थियो ।
निर्वाचन क्षेत्र नम्बर २(ख)मा जसपाका बच्चा राउत अहिर विजयी हुुनु भएको छ । अहिरले १० हजार ३ सय २ मत प्राप्त गरी विजयी हात पार्नु भएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामअयोध्या प्रसाद यादवले ८ हजार ९ सय ३९ मत पाउनु भएको थियो ।
यसै गरि बारा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेकपा एमालेका उम्मेदवार रविन्द्र दास श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
श्रेष्ठले ८ हजार १ सय ९५ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मुकशे साहले ७ हजार ३ सय ९ मत पाउनु भएको थियो ।
बारा निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट नेकपा एमालेका देवनारायण चौधरी विजयी हुनु भएको छ । चौधरीले १३ हजार ६ सय ९ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले ९ हजार ९ सय ८९ मत प्राप्त गर्नु भएको थियो ।
यसै गरि बारा निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट प्रदेश सभा सदस्यमा लोसपाका जितेन्द्र सोनल विजयी हुनु भएको छ । सोनलले १२ हजार १ सय ८१ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी जसपाका आत्माराम साहले ७ हजार ६ सय ९ मत प्राप्त गर्नु भएको थियो ।
बाराको बाँकी रहेको एउटा प्रतिनिधि सभा सदस्य र २ वटा प्रदेश सभा सदस्यको मतगणना अहिले जारी रहेको बाराका मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले बताउनुभयो ।
फोटो : बाराको ३ वटा निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेका उम्मेदवारहरु र प्रदेश सभाका उम्मेदवारहरु ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका