Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

धनुषा-३ (२) मा एमालेका ठाकुर निर्वाचित

रासस
Read Time = 1 min
A A- A+

धनुषा । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले)का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।

ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाउनुभयो । जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई-मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको थियो । यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचत हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?