गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गुल्मी १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी हुनुभएकाे छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी हुनुभएकाे हाे ।

उहाँले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाउनुभयाे । अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गर्नुभएकाे थियाे । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ ।

एमालेको पदाधिकारी पराजित हुने सूचीमा ज्ञवाली पनि थपिनुभएकाे छ । यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट पराजित भइसकेका छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट भने विजयी भएका छन् ।

गुल्मी १ बाट पराजित ज्ञवालीले विजयी भण्डारीलाई बधाई तथा शुभकामना दिनु भएकाे छ । मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना दिनुभएकाे थियाे । ज्ञवालीले प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिस्पर्धात्मक ढंगले मत ल्याएको र आफूलाई मत दिने सबैलाई धन्यवाद दिनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?