कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।  मकवानपुरको थाहा नगरपालिका-१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह  स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?