१४ वर्षीय किशोरीमाथि बलात्कारको आरोपमा एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा  प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?