कालीकोटमा माओवादी नेता महेन्द्रबहादुर शाहीको ‘ह्याट्रिक’

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
Read Time = 1 min

कालीकोट । कालीकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ जित निकाल्नु भएको हो ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बन्नुभएका शाहीले २४ हजार ४७४ मत पाउनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाउनुभएको छ । निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ ।

यसअघि ०७० र ०७४ मा पनि उहाँले चुनाव जित्नुभएको थियो । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बन्नुभएको उहाँ यो पटक प्रतिनिधिसभा चुनाव लड्नुभएको हो ।

माओवादीभित्र प्रभावशाली नेताको छवि बनाउनुभएको उहाँ राष्ट्रिय राजनीतिमा प्रभाव बढाउनका लागि प्रतिनिधिसभा रोजेको बताउनुहुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?