सुशासन र समृद्धिको लागि निरन्तर लाग्छु : पृथ्वीसुब्बा गुरुङ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले जनताले दिएको मत र विश्वासलाई सधैं सम्मान गर्ने बताउनु भएको छ ।

नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका गुरुङले आम मतदातालाई धन्यबाद व्यक्त गर्दै जनताले दिएको विश्वासलाई टुट्न नदिने र त्यसको सधैं सम्मान गरेर अगाडि बढ्ने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङले देशमा शुसासन, विकास र समृद्धि ल्याउने पार्टी एमाले भएको भन्दै मतदाताले दिएको मतले सो कुरा पुष्टि भएको दावी गर्नुभयो ।

गुरुङले प्रदेश सभाका सिट गुमाउनु परे पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न आफूलाई जिताएको भन्दै राष्ट्रिय स्वाधिनताको अभियानमा महत्वपूर्ण भूमिका खेल्ने आश्वासन दिनुभयो ।

लमजुङमा ५ बर्षभित्रमा एक घर एक धारा बनाउने, प्रत्येक पालिकामा निर्माणधीन अस्पताल सम्पन्न गर्ने, पालिकाको केन्द्रसम्म कालोपत्रे सडक पुर, वडा कार्यालयसम्म ग्राभेल सडक निर्माण गरी बाह्रै महिना चल्ने बनाउने कुरामा आफू लागि पर्ने बताउनु भयो ।
जनताले एमालेलाई समानुपातिकतर्फ अझै बढी मत दिएको बताउँदै मुलुकको राजनीतिक स्थिरता कायम गर्ने जिम्मा एमालेको भएको उहाँले बताउनु भयो। कुनै पनि पार्टीको बहुमत नपुगेको अवस्थामा सकारात्मक शक्तिसंग सहकार्य गरेर अघि बढ्ने नेता गुरुङको भनाइ थियो ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माओबादी केन्द्रका महासचिव देव प्रसाद गुरुङलाई पराजित गरेका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?