रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई हराउँदै पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभयो । १३ सय ६६ मतको अन्तरले एमाले उपाध्यक्ष पौडेल विजयी हुनु भएको हो ।
त्यस्तै सत्ता गठबन्धनले समर्थन गरेका जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २१ हजार ९८६ मत ल्याउनु भयो।
रुपन्देही–२ मा कूल ८१ हजार २०२ मत खसेको थियो । एमाले उपाध्यक्ष पौडेल लगातार चौथो पटक रुपन्देहीबाट निर्वाचित हुनुभएको छ ।
पौडेल विजयी भएको निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँँकी रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका