आर्मीलाई ट्राई एडभेन्चरको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन आर्मी क्लबको ‘ए’ टिमले पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा शुक्रबार आयोजित प्रतियोगितामा आर्मीको ‘बी’ टिम दोस्रो भएको छ । यस्तै एपीएफ क्लबले तेस्रो स्थान हासिल गर्दा प्याडल नेपाल चौथो र ट्रायथलोन धरान पाँचौं भयो ।

भारतको एफसिसी रेसिङ टिमले सर्वोत्कृष्ट अन्तराष्ट्रिय टिमको उपाधि जित्यो । नेपाली सेनाले आयोजना गरेको साहसिक खेलकुदअन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश थियो । जसमा खेलाडीले ६.७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको ¥याफ्टिङ दूरी पार गर्नु भएको थियो । धादिङको बैरेनीदेखि सुरु भएर चरौँदीमा पुगेर सकिएको प्रतियोगिताको विजेताले दुई लाख प्राप्त गरेका छन् ।

यस्तै उपविजेताले १एक लाख ५० हजार र तेस्रो हुनेले एक लाख रुपैयाँ प्राप्त गर्दा चौथो र पाँचौं हुने टिमले क्रमशः २० र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजेता खेलाडीहरुलाई प्रधानसेनापति महारथी प्रभुराम शर्मालगायतले पुरस्कृत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?