यसरी गर्नुहोस् जाडोको मौसममा छालाको हेरचाह

तस्बिर : सामाजिक संजाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आफ्नो शरीरको ख्याल त हरेक मौसममा गर्नु नै पर्छ । जाडोको मौसम स्वास्थ्यका दृष्टिकोणले अनुकूल मानिए पनि यो समयमा छाला रूखो हुने, चाया हुने आदि जस्ता समस्या देखा पर्दछन् । छाला रूखो हुने समस्या जाडो मौसमको आमसमस्या हो । त्यसैले यस मौसममा छालाको अतिरिक्त हेरविचार गर्नु आवश्यक हुन्छ । जाडोमा हप्ताको एकपटक शरीरभरि तेलले मालिस गर्नु उपयुक्त हुन्छ भने अनुहारको सफाइका लागि क्रिमयुक्त दूधको प्रयोग सर्वाधिक उपयुक्त हुन्छ ।

त्यस्तै, जाडो मौसममा छालाको स्वास्थ्य र सफाइका लागि प्रयोग गर्ने घरेलु प्रशाधनहरूमा दूधको तर, मह र तेलको उपयोग आवश्यक हुन्छ । घरेलु फेसवास तयार गर्दा त्यसमा पनि फूलको पहेँलो भाग, मह, जैतुनको तेल, ग्लिसरिनजस्ता छालालाई तैलीय राख्ने पदार्थहरूको प्रयोग अनिवार्य हुन्छ । यदि तपाईंको छाला प्राकृतिकरूपले तैलीय छ भने यस्ता वस्तुहरूको प्रयोग केही कम गर्न सकिन्छ तर समय-समयमा छालाको सफाइ र फेसियल गर्न भने छाड्नुहुँदैन । जाडो मौसमको अर्काे प्रमुख समस्या चाया हो । चायाले गर्दा कपाल झर्ने, कपाल फुल्नेजस्ता समस्यामात्र उत्पन्न हुने होइनन्, कपाल कोर्दा तपाईंको शरीरका विभिन्न भागमा झरेको चायाले डण्डीफोर जस्ता समस्यासमेत उत्पन्न हुन्छ ।

कपालको सौन्दर्य नष्ट हुने हुँदा तपाईंको सम्पूर्ण सुन्दरता प्रभावित हुन्छ । त्यसैले कपाललाई चायाबाट सुरक्षित राख्न कपालको सफाइमा विशेष ध्यान पु¥याउनुपर्छ । जाडोमा चाया हुुनुको मुख्य कारण सफाइको कमी नै हो । जाडोको कारणले यस मौसममा नुहाउने, कपाल धुने आदि कार्यहरूमा कमी आउँछ । यसले गर्दा टाउकोमा फोहोर जम्छ र चाया उत्पन्न हुन्छ ।

त्यसैले चायाबाट बच्न जाडोमा पनि कपालको सफाइप्रति उचित ध्यान पु¥याउनु अनिवार्य हुन्छ भने हप्तामा एकपटक तेल लगाउन पनि बिर्सनुहुँदैन । तेल तताएर कपालमा लगाउने र राम्ररी तेल मालिस गर्ने, तेल मालिस गरिसकेपछि कपालमा स्याम्पु गर्ने गर्नुपर्छ । तेल मालिसको यो प्रक्रिया प्रत्येक हप्ता गर्नुपर्छ । जाडोयामको कुरा झनै भिन्न छ । एकातिर शरीरलाई तातो पनि बनाउनु जरूरी छ भने सौन्दर्य वृद्धिमा पनि ध्यान पु¥याउनै पर्छ । जाडोमा छालाका लागि यस्ता सामग्रीको प्रयोगसँगै खानपानमा पनि ध्यान पु¥याउनुपर्छ । अनि सौन्दर्यका लागि प्रशस्तमात्रामा सुप पिउनुपर्छ । पानी र सुप मज्जाले पिउनुपर्छ ।

त्यस्तै, जाडोमा शरीरलाई भिटामिन ‘सी’को बढी आवश्यकता पर्छ, जसका लागि भोगटे, सुन्तलाजस्ता फलफूल यथेष्ट खानुपर्दछ । जाडो मौसममा विभिन्न खालका फलफूल पाइन्छ । सुन्तलाजस्ता फलफूल बढी प्रयोग गर्नुपर्दछ । दैनिक एक चम्चा मह र दूधले फाइदा पु¥याउँदछ । छालालाई भित्रैदेखि सुन्दर राख्न खानपानमा ध्यान दिनुपर्दछ । सिजनल फुड खानुपर्छ । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?