सबाना आजमी काठमाडौंमा

Read Time = 2 mins

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) का लागि भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउनुभएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटनमा विशेष अतिथिका रूपमा उहाँ बिहीबार काठमाडौं आउनुभएको हो । उहाँलाई महोत्सव आयोजक मण्डला थिएटरका अध्यक्ष तथा महोत्सवका निर्देशक सिर्जना सुब्बा र संयोजक विजया कार्कीले स्वागत गर्नुभएको थियो । आजमीले उद्घाटन समारोहमा मन्तव्य दिनुभएको थियो ।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरूमध्ये एक सबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ । आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्मश्री’ र सन् २०१२ मा ‘पद्म भूषण’बाट सम्मान गरेको थियो ।

नौ दिनसम्म आयोजना हुने महोत्सवमा देश–विदेशका १८ नाटकको सहभागिता रहेको बताइएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारूस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश रहेको बताइएको छ । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?