काठमाडौंमा गुञ्जिँदै ‘एक्सिस’

Read Time = 1 min

काठमाडौं । सांगीतिक ब्याण्ड ‘एक्सिस’ पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत् दर्शकमाझ गुञ्जिने भएको छ । पिभिइ नेटवर्कको व्यवस्थापनमा आगामी मंसिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लब फरेनहाइटमा एक्सिसले कार्यक्रम गर्न लागेको हो ।

पाँच वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफुल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्टपछि एक्सिसले नेपालबाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो ।

पिभिइ नेटवर्कका अनुसार एक्सिसको प्रस्तुतिअघि झिल्के एण्ड द कम्पनीले दर्शकलाई झुमाउनेछ । पिभिइले प्रायोजक, कलाकार, इभेन्ट मेनेजमेन्ट कम्पनी, प्रोडक्ट टिम र मनोरञ्जनका अन्य क्षेत्रलाई नयाँ अनुभव दिन कार्यक्रम गर्न लागेको जनाएको छ ।

नेपालमै पहिलोपटक लाइट, साउण्ड, एलइडी, क्यामरादेखि कलाकारको कोरियोग्राफीमा सम्बन्धित क्षेत्रका विज्ञको डिजाइनमा सेट तयार पारिने जनाइएको छ । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?