दृष्टिकोण र सापेक्ष सिद्धान्त

A A- A+

✍️ डा. नारायणप्रसाद निरौला

सयम परिवर्तनशील छ । यो पविर्तन भइरहने संसारमा समयानुसार हेराइ, बुझाइ र गराइमा पनि परिवर्तन भइरहन्छ । प्राकृतिक परिवर्तनले व्यक्तिको दृष्टिकोणमा पनि भिन्नता ल्याउने गर्दछ । आज जे छ त्यो भोलि रहँदैन किनकि भोलि आज होइन र आज भोलि होइन । आज आज नै हो । यसैले वर्तमानको कुरालाई नै विशेष ध्यानमा राख्नुपर्छ भन्ने नीतिकार चाणक्यको वचन पाइन्छ :
‘गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेनप्रवर्तन्ते विचक्षणाः ।।’ -चाणक्य
अर्थात् वितेका र भविष्यमा हुने कुराको चिन्ता नगर्नू, ज्ञानी जनले वर्तमानको मात्र विचार गर्नुपर्दछ । यसैले वर्तमानलाई सर्वप्रथम हेर्नु उत्तम रहन्छ तर यो वर्तमान पनि आजको तुलानामा भोलि भिन्नै हुन्छ । किनकि समयको गति निरन्तर नदी बगेजस्तै प्रवाहित भइरहन्छ । यसैगरी वर्तमानमै पनि व्यक्ति, स्थान एवं परिवेशअनुसार दृष्टिकोणमा परिवर्तन हुने गर्दछ । तात्कालीन हेराइ जुन दृष्टिको छ सोही धारणमा व्यक्तिमा अन्तर्निहित रहने गर्दछ । त्यही हेराइ नै दर्शन हो । जुन भिन्न भिन्न कोणबाट हेर्दा भिन्नै नतिजा आउने गर्दछ । यही कुरालाई बुझाउन थुप्रै दर्शन प्रतिपादन भएका छन् ।

सापेक्षतावाद हिजो पनि थियो, आज पनि छ । यसको व्याख्या आइन्सटाइनले गरेका हुन् । हरेक विषय र वस्तु सापेक्षतामै आधारित हुन्छन् । किनकि एउटै वस्तु कसैलाई औषधि र कसैलाई विष बन्न सक्छ । सर्पले टोकेको औषधि सर्पकै विषबाट बनाइन्छ ।

व्यक्तिले चाहेर पनि नचाहेर पनि कुनै न कुनै आधारणमा वा दर्शन अवलम्बन गरेकै हुन्छ र त्यही नै उक्त व्यक्तिको दृष्टिकोण पनि भएको हुन्छ । यसरी दृष्टिकोणसँगै व्यक्तिमा आउने परिवर्तन सापेक्षताको सिद्धान्तमा आधारित हुन्छ । यो संसारमा सबै कुरा राम्रा, सबै उपयोगी र सुन्दर छन् । सबैको अस्तित्व समान छ । सिद्धान्तअनुसारको जुन दृष्टिले हे¥यो सोही हुनेमात्र हो । यहाँ सबै व्यक्ति र वस्तु आफूमा परिपूर्ण छन् :
‘अमन्त्रमक्षरं नास्तिनास्तिमूलमनौषधम् ।
अयोग्यपुरुषो नास्ति योजकस्तत्रदुर्लभः ।।’ (नीतिशलोक)
अर्थात् यो संसामा मन्त्र नभएको कुनै पनि अक्षर छैन । औषधि नभएको कुनै पनि मूल अथवा वृक्षादि छैनन् । व्यक्ति पनि कोही अयोग्य छैनन् । केवल योजकको मात्र अभाव हो । योजक भनेको यसको प्रयोक्ता हो । जसले सही रूपमा अक्षरको उपयोग गर्दछन् ती मन्त्र बन्न पुग्छन् । यसैगरी सही संयोजनले हरेक जरामुरा कीटपतङ्ग औषधि बन्न सक्छन् । व्यक्ति पनि सही कार्यमा लागे भने सच्चा र उच्च कोटिका बन्न सक्छन् । यहाँ केवल संयोजन वा योजकले नै कस्तो बन्ने भन्नेमा निर्भर गर्दछ । उक्त योजन व्यक्तिको दर्शमा निर्भर रहेको हुन्छ ।

सापेक्षतावाद हिजो पनि थियो र आज पनि छ । यसको ब्याख्या आइन्सटाइनले गरेका हुन् । हरेक विषय र वस्तु सापेक्षतामा नै आधारित हुन्छन् । किनकि एउटै वस्तु कसैलाई औषधि र कसैलाई विष बन्न सक्छ । सर्पले टोकेको औषधि सर्पकै विषबाट बनाइन्छ । त्यसमा संयोजन अनेक हुन्छन् । त्यही सर्पले मान्छेलाई टोक्दा विषको प्रभाव रहन्छ तर जनवारलाई टोक्दा विषको प्रभाव रहँदैन । यो सापेक्षताको सिद्धान्तमा नै आधारित छ । सर्प र मान्छेबीचको विषको सापेक्षता नकारात्मक रहन्छ भने वस्तुसँगको सकारात्मक हुन्छ । यसैले मान्छेका लागि सर्प विषको सन्दर्भमा नराम्रो भयो तर यहाँ सर्प स्वयंमा नराम्रो भने होइन ।

सर्पमा विष हुन्छ मान्छेलाई टोक्दा विष लाग्छ । यसैले मान्छेको शत्रु सर्प हो भन्ने धारण केवल दृष्टिकोणमात्र हो । मानवको सापेक्षतामा मात्रन कारात्मक बन्न पुगेको हो । वास्तवमा सर्प विषधारी नै भए पनि ऊ आफूमा सही हो, स्वयंमा सकारात्मक हो । मानवको सापेक्षतामा मात्र नकारात्मक बन्न पुगेको हो । यो संसार र संसारी वस्तु यही सापेक्षतामा नै चलेका छन् । हाम्रो हेराइ पनि यही सापेक्षतामा आधारित छ । एउटै गीत कसैलाई सुन्न मन नलाग्ने हुन्छ अनि कसैलाई सुनिरहन मन लाग्छ । जसलाई मन लाग्छ उक्त व्यक्ति र गीतको सापेक्षता मिलेको हुन्छ । उक्त गीत र व्यक्तिको योजन मिलेको हुन्छ । जसलाई मन पर्दैन उसको मिल्दैन ।

कहिलेकाहीँ यस्तो परिस्थितिको पनि सिर्जना हुन्छ त्यही मन नपरेको गीत पनि कुनै समय र परिवेशमा राम्रो लाग्छ पुग्छ । राम्रो लागिरहेको गीत पनि कुनै समयमा त यति राम्रो नलाग्न सक्छ । यहाँ गीत नराम्रो भएर होइन । स्रोताको सापेक्षमा योग्य नभएरमात्र हो । जब स्रोता सापेक्ष हुन्छ अनि मन पर्छ जब निरपेक्ष हुन्छ मन पर्दैन । मन पर्दा र नपर्दाको दृष्टिकोणमा भिन्नता रहने गर्दछ । यसैले कसैलाई राम्रो र कसैलाई नराम्रो भन्नु व्यर्थ छ । संसारमा सबै स्वयंमा राम्रा छन् ।

समयको प्रवाह निरन्तर चलिरहन्छ । व्यक्ति पनि सोही समयको पछि पछि नै हुन्छ । चाहेर होस् वा नचाहेर । समयले जुन धारमा पु¥याउँछ सोही धार समाउनुको विकल्प रहँदैन मान्छेमा । सोही धारसँगै दृष्टिकोणमा पनि भिन्नता रहने गर्दछ । दृष्टि पनि कोणअनुसार भिन्न भिन्न रहन्छन् । व्यक्तिले जुन कोणबाट हेरेको हुन्छ सोही प्रतिफलित हुने गर्दछ । ‘फूलको आँखामा फूलै संसार र काँडाको आँखामा काँडै संसार’ भनेजस्तै हो । व्यक्तिको परिस्थिति फूल देख्ने छ फूल सुन्दर देखिन्छ । कोही व्यक्तिको दृष्टिमा काँडा देखिन्छ उसले काँडाकै रूपमा फूललाई बुझ्ने गर्दछ । वास्तवमा फूल फूल नै हो । काँडा काँडा नै हो ।

यसरी हेराइमा भिन्नता आउने कारण भनेको देश, काल र परिस्थिति हुन् । व्यक्ति कुन स्थानमा छ ? कुन समयमा छ र कुन परिस्थितिमा छ सोही आधारमा दृष्टिकोणमा पनि भिन्नता रहने गर्दछ । चाहे गोरो होस् चाहे कालो । गोरालाई कालो मन पर्दैन अनि कालालाई पनि गोरो मन पर्दैन । कालाका दृष्टिमा गोरो नराम्रो हुन्छ भने गोराका दृष्टिमा कालो नराम्रो हुन्छ तर यी न त राम्रा हुन् न त नराम्रा नै । यी केवल सापेक्षताका परिणाम मात्र हुन् । योजकका दृष्टिकोणमात्र हुन् । वास्तवमा सबै राम्रा हुन् । फरक हेराइ वा दृष्टिकोणको मात्र हो । कुन कोणबाट हेरिएको छ सोही हुनेमात्र हो । यसमा हेर्ने व्यक्तिको अवस्था, समय एवं वातावरणले प्रभाव पारिरहेको हुन्छ ।

समयको प्रवाह निरन्तर चलिरहन्छ । व्यक्ति पनि सोही समयको पछि पछि नै हुन्छ । चाहेर होस् वा नचाहेर । समयले जुन धारमा पुर्‍याउँछ सोही धार समाउनुको विकल्प रहँदैन मान्छेमा । सोही धारसँगै दृष्टिकोणमा पनि भिन्नता रहने गर्दछ ।

आजको जुन आम दृष्टिकोण छ त्यो भोलि परिवर्तन हुन्छ । किनकि वर्तमानमा सम्पन्न भएको निर्वाचनको परिणमलाई पनि हेर्न सकिन्छ । जनताको दृष्टिकोणमा किन परिवर्तन आयो ? भन्दा समयले परिवर्तन माग्यो । हिजो जितेका र बुहमत प्राप्त गरेका दल पनि आज किन खस्किएका छन् भन्दा आज भोट दिने व्यक्तिको दृष्टिकोणमा परिवर्तन आयो । दर्शन बदलियो । के दल वा व्यक्ति नराम्रा भएर हो त ? होइन द्रष्टाको दृष्टिकोणमा बदलाव आएर मात्र हो । मतदाताको सापेक्षतामा जुन दल वा नेता परे तिनै विजयी भए । मतदाताको दृष्टिकोणमा जुन दल वा नेता परे तिनै विजयी भए । पराजित हुने नराम्रा भएर होइन । आजका मतदाताको सापेक्षतामा सही नठहरिएर नै हो ।

आज जसले जे जति प्राप्त गरे अर्को निर्वाचनमा यस्तै हुन्छ भन्ने हुँदैन । यो परिस्थिति उल्टिन पनि सक्छ, भिन्नै हुन पनि सक्छ र यही रहन पनि सक्छ । त्यो त्यति खेरको समय, परिस्थिति र परिवेशले निर्धारण गर्ने कुरा हो । किनकि समय परिवर्तनशील छ । समयसँगै व्यक्तिको दृष्टिकोणमा पनि भिन्नता रहने गर्दछ । जुन तत्कालीन देश, काल र परिस्थितिको सापेक्षतामा हुन्छ । नराम्रा कोही छैनन् र हुँदैनन् । द्रष्टाको जुन दृष्टि पर्छ व्यक्ति पनि सोही रूपमा देखिन थाल्छ । यी यावत् विषयवस्तुको एकमात्र कारण परिस्थितिले सिर्जना गरेको दृष्टिकोण र व्यक्तिको सापेक्षता नै हो । यसैले त संसारमा कोही कुनै पनि वस्तु काम नलाग्ने छैनन् केवल योजकको मात्र अभाव हो । केवल ‘योजकस्तत्रदुर्लभ’ मात्र हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?