धादिङमा समानुपातिकको मत गणनाको क्रममा प्रत्यक्षतर्फको बाकस फेला

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङमा समानुपातिकको मत गणना गर्ने क्रममा प्रत्यक्षतर्फको बाकास फेला परेको छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको हो । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मत गणना गर्दा प्रत्यक्ष तर्फको बाक्सा भेटिएपछि मतगणना स्थलमा तहल्का मच्चिएको छ ।

खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि मतदान स्थलको ‘ख’ केन्द्रको मतपेटिका गणनामा छुटेको मुख्य निर्वाचन अधिकृत स्विकृति पराजुलीले बताउनु भयो ।

गणेशकुण्ड मावि मतदान स्थलमा ‘क’ र ‘ख’ गरी दुई वटा केन्द्र रहेको थियो । ‘ख’ केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुट्यो । रातको समयमा सबैतिरको मतपत्रहरू एकै पटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्ष तर्फको मतपेटिका समानुपातिकतर्फ परेको उहाँको भनाइ छ ।

उहाँका अनुसार मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परेपनि सदर गर्ने मतगणना पूर्वनै सर्वपक्षीय सहमति अनुसार मतगणना हुनेछ ।

धादिङ प्रतिनिधिसभामा कूल एक सय ५५ मतदान केन्द्र रहेकोमा एक सय ५४ वटा केन्द्रको मात्रै गणना भएको छ । मतगणना सम्पन्न भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभयो । अधिकारी ३४ हजार ४ सय ८३ मतका साथ विजयी हुनु भएको थियो ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) नेकपा एमालेका खेम लोहनीले २३ हजार ९ सय ५० मत ल्याउनु भएको थियो । अधिकारीले १० हजार ५ सय ३३ मत अन्तरले विजयी भएको थियो ।

पछि फेला परेको मत गणना गर्दा नेपाली कांग्रेसका रामनाथ अधिकारीलाई भन्दा नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १८ मत बढी आएको छ । अब दुई उम्मेदवार बीचको मतान्तर १० हजार पाँचसय १५ भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?