स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । उहाँले ३१९९९ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायण मरासिनीले २८७४४ मत प्राप्त गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति समेत रहेका संविधानसभा सदस्य तथा विजेता उम्मेदवार राजु थापाले जितपछि बोल्दै कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नका लागि आफूले संसदमा भूमिका खेल्ने बताउनुभयो ।
उहाँले स्याङ्जालाई कृषि र पर्यटनको माध्यमबाट संवृद्धितिर लैजान सकिने बताउँदै जनताहरुको परिवर्तनको चाहनालाई पुरा गर्न आफू दिनरात खटिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका