विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

खोटाङ । खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेर नष्ट भएको छ । आगलागीबाट रावाबेँसी गाउँपालिका-३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले  घरमा रहेको पसलमा आगलागी भएको हो ।

शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताउनुभयाे ।

आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयाे ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?