गृहमन्त्री खाँणलाई पराजित गर्दै रूपन्देही ३ मा राप्रपाका दीपक बोहोरा निर्वाचित

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी हुनु भएको छ ।

उहाँले २६ सय ४२ मतको अन्तरले गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्नुभएकाे हाे । बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको छ भने खाँणले ३४ हजार ६ मत पाउनु भयो ।

गृहमन्त्री खाँण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्याे भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?