देउवासँगको भेटवार्ता पछि प्रचण्ड भेट्न खुमलटार पुगे भारतीय राजदूत नविन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो ।

राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?