दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्याण्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रबार राती भएको खेलमा नेदरल्याण्ड्स र इक्वेडरबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अंक बाँडेका छन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने नेदरल्याण्ड्सले लिएको थियोे । खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभयो ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्याण्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्याण्ड्सले दुई खेलमा चार अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेल खेलेको इक्वेडर चार अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेदरल्याण्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो । यस्तै, इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो । यस समूहमा सेनेगल तीन अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट आयोजक कतार भने लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच