परिन्दा परी र परिसालाई मलेशियामा अवार्ड

Read Time = 3 mins

काठमाडौं । हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एण्ड मिसेस् हेरिटेज इन्टरनसनल २०२२ मा नेपाली प्रतिस्पर्धी परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड चुम्न सफल हुनुभएको छ । प्रतियोगितामा मिसेस्तर्फकी सहभागी परिन्दा परी श्रेष्ठ मिसेस् एलिगेन्स विधामा विजेता चयन हुनुभएको हो भने मिस तर्फकी सहभागी परिसा रानाभाटले मिस मल्टिमिडिया अवार्ड चुम्नुभएको हो ।

इप्लानेटको आयोजना तथा सिएमके ब्युटी इम्पावर सर्भिसेसको सहकार्यमा सम्पन्न भएको पाँचौं संस्करणको हेरिटेज प्याजेन्टस्मा मिसतर्फ रसियाकी ३० वर्षीया एना किरिलिना मिस हेरिटेज इन्टरनेसनल २०२२ को रूपमा विजेता चयन हुनुभयो भने मंगोलिया, इण्डोनेसिया, लात्भिया र मलेशियाका सुन्दरीहरू क्रमशः फष्ट, सेकेण्ड, थर्ड तथा फोर्थ रनर्स अप छनौट भएका थिए ।

मिसेस्तर्फ भने थाइल्याण्डकी ३९ वर्षीया फोन्टिप श्रीवारन्यु मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ का रूपमा चयन हुनुभयो । मिसेस्तर्फ नेदरल्याण्डस्, भारत, सिंगापुर तथा फिलिपिन्सका मिसेस् सहभागीहरू क्रमशः फष्र्ट, सेकेण्ड, थर्ड तथा फोर्थ रनर्स अपका रूपमा चयन भएका थिए । मलेशियाको क्वालालम्पुरस्थित भिभा मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न भएको फाइनल प्रतियोगिताको प्रस्तुतिहरूको निर्देशन नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका वेस्ली सअले संयुक्त रूपमा गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली नाट्यकर्मी विमल सुवेदी, मलेशियाका फेसन र प्याजेन्ट क्षेत्रका कहलिएका नामहरू थालिएन थिन, नोरिन जुलकरनेन, सब्रिना लिम, क्यारोल ली, डाटो स्टेफनी लो, वल्र्ड ब्युटी प्याजेन्टस् अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर सम्मीलित हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?