पाँचौं सातामा ‘महापुरुष’, शुक्रबारदेखि ‘मिलन’ सिनेमाघरमा

Read Time = 3 mins

काठमाडौं । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’ पाँचौं सातामा प्रवेश गरेको छ भने शुक्रबारदेखि नयाँ चलचित्र ‘मिलन’ सिनेमाघरमा आएको छ ।  निर्देशक भट्टराईको लेखनमा तयार ‘महापुरुष’ले एकल पिताको एक्लोपन र विवाहको कथा पेस गरेका छ । सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, सिरु विष्टलगायत कलाकारको अभिनय छ । दीपक बज्राचार्यको छायांकन रहेको ‘महापुरुष’मा मित्र डी गुरुङको सम्पादन छ । रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण रहेको ‘महापुरुष’मा म्याक्स दिपेश खत्रीको लगानी छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’ पाँचौं सातामा प्रवेश गरेको छ भने शुक्रबारदेखि नयाँ चलचित्र ‘मिलन’ सिनेमाघरमा आएको छ । यस्तै सिनेमाघरमा शुक्रबारबाट अभिनेता वरुण धवन अभिनीत बलिउड चलचित्र ‘भेडिया’ पनि प्रदर्शनमा छ ।

यस्तै, यो साता शुक्रवारबाट चलचित्र ‘मिलन’ले प्रदर्शनमा आएको छ । दुई साथीको मित्रता र त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मिलन’ प्रदर्शनमा आएको हो । टेक पौरखी राईद्वारा निर्देशित ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीको अभिनय छ । एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारमा चलचित्रमा केन्द्रित छ ।

चलचित्रमा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंकबहादुर राईको भिएफएक्स, राजु सेञ्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माण प्रवीन थापाले गर्नुभएको हो । यही चलचित्रबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गर्नुभएको हो ।

यस्तै, नेपाली सिनेमाघरमा शुक्रवारबाट अभिनेता वरुण धवन अभिनीत बलिउड चलचित्र ‘भेडिया’ पनि प्रदर्शनमा आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?