साहित्यकार लुइँटेल सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार तिलकप्रसाद लुइँटेल सम्मानित हुनुभएको छ । लीलाध्वज थापा साहित्य समाजद्वारा उहाँलाई सम्मानित गरिएको हो । चिल्ड्रन मोडल स्कुल, बालुवाटारमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिको व्यक्तित्व तथा कृतित्वका बारेमा साहित्यकार रामप्रसाद पन्तले प्रकाश पार्नुभएको थियो । सम्मानित व्यक्तित्व लुइँटेलले आफूलाई सम्मानित गर्ने संस्थाप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । चार वेद तथा पुराणहरूको नेपाली अनुवादक लुइँटेल हिमालय टाइम्सका नियमित लेखक पनि हुनुहुन्छ ।

उक्त कार्यक्रमा विभिन्न साहित्यिक व्यक्तिहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्नेहरूमा विनोद दाहाल वत्स, दुर्गा अधिकारी भमरकोटे, मुकुन्द न्यौपाने, कुमार नेपाल, राजेन्द्र खनाल, तुलसीराम पुडासैनी, टिएन विश्वामित्र, सुन्दरबहादुर खड्का, राजेशमान केसी, भुवन सिवाकोटी चौधरे, कुसुम शर्मा, रूपा रिसाल, लव खड्का, रत्नविहरी घिमिरे, अच्युत पौडेल चिन्तन, उत्तम विचार, विजयध्वज थापा, रुद्र अधिकारीलगायत साहित्यकारहरू रहनुभएको थियो ।

उत्तम विचारको सञ्चालन र स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विजयध्वज थापाले गर्नु भएको थियो । कार्यक्रममा रामप्रसाद पन्त, प्रमुख अतिथि, अच्युत पौडेल चिन्तन र रत्न विरही घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?