सेजन र आइआइडिएसबीच सहकार्यसेजन र आइआइडिएसबीच सहकार्य

Read Time = 3 mins

काठमाडौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सर्वांगीण विकास अध्ययन केन्द्र(आइआइडिएस) बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

आइआइडिएसको ४४औँ वार्षिकोत्सका अवसरमा सेजन अध्यक्ष जनार्दन बराल र आइआइडिएसका कार्यकारी निर्देशक विश्वास गौचनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । आर्थिक पत्रकारको क्षमता विकास, नीतिगत बहस तथा विभिन्न विषयमा गरिने अध्ययन, अनुसन्धानमा सहकार्य गर्न समझदारी गरिएको सेजनले जनाएको छ ।

कार्यक्रममा आइआइडिएसका कार्यकारी निर्देशक गौचनले सेजनसँगको सहकार्यले अनुसन्धानको काम तथा क्षमता विकासमा महत्वपूर्ण रहने बताउनुभयो ।

सेजन अध्यक्ष बरालले सेजनले आर्थिक पत्रकारिताको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निष्पक्ष र स्वतन्त्र पत्रकारिता विकासका लागि क्षमतावान् पत्रकार उत्पादन गर्ने उद्देश्य राखेर सेजनले काम गरिरहँदा आइआइडिएसँगको सहकार्यले सेजनको उद्देश्यमा सहयोग पु¥याउने बताउनुभयो ।

समझदारीअनुसार दुई संस्थाबीच वित्त, अर्थशास्त्र र विकासका क्षेत्रमा क्षमता अभिवृद्धि कार्यक्रम डिजाइन र कार्यान्वयन, राष्ट्रिय महत्वका विभिन्न मुद्दामा सम्मेलन तथा कार्यक्रम गर्न, आर्थिक विकासका क्षेत्रमा अनुसन्धानका कार्यक्रम तर्जुमा, कार्यान्वयन र प्रचारप्रसारमा सहकार्य गर्ने एवं विकासका मुद्दामा नीतिगत पैरवी गर्नेलगायतका काम गरिने बताइएको छ ।

सन् १९७९ मा स्थापना भएको आइआइडिएस नाफारहित थिंक ट्यांक हो । जसले दिगो विकासका विभिन्न विषयमा अनुसन्धान तथा नीतिगत बहस गर्दै आएको छ ।

डा. भेषबहादुर थापा संस्थापक अध्यक्ष रहेको आइआइडिएसमा हाल डा. स्वर्णिम वाग्ले अध्यक्ष हुनुहुन्छ । सोही अवसरमा आइआइडिएसले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभाग तथा नेपाल उद्योग परिसंघसँग पनि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?