नेशनल लाइफद्वारा अभिकर्ता प्रशिक्षण

Read Time = 2 mins

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब एक सय ५० अभिकर्ताको सहभागिता थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीका विभिन्न शाखा कार्यालयमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई अझ बढी व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसायसमेत प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरूप यसप्रकारका कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आएको बताउनुभएको छ ।

सोही क्रममा मंसिर ७ गते महेन्द्रनगर, ८ गते धनगढी र ९ गते डडेल्धुरामा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ विभागका प्रमुख विवेक शर्माले सहभागीलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो भने उत्कृष्ट व्यवसाय गरी डडेल्धुरा शाखाबाट चेयर पर्सन क्लबमा छनोट अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मानपत्रसमेत प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?