पर्यटकको आकर्षण केन्द्र बन्दै ‘टाकुरा’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा खोलानाला, झरना, पाखापखेरा र टाकुराहरू थुप्रै छन् । तीमध्ये कतिपय ठाउँहरूले अत्यन्तै पर्यटकीय सम्भावना बोकेका छन् । वडा नम्बर ७ राजकुटमा पर्ने टाकुराले पनि पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको संगमस्थलमा पर्ने टाकुरामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

वरपर रूख र बीचमा खाली समथर मैदान । यो मैदानले धेरैलाई आकर्षित गर्छ । अझ वर्षातको बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ । ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा पिकनिक स्पटका लागि निकै उपयुक्त स्थानका रूपमा मानिन्छ । आन्तरिक पर्यटकहरू यहाँ हरेक मौसममा पुग्ने गरेका छन् ।

पश्चिम बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङदेखि नजिक रहेको हुँदा शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिकहरू यहाँ घुम्न जाने गरेका छन् । नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भीमगिठेदेखि करिब तीन किलोमिटरमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन् । तराई-पहाड जोड्ने सालझण्डी-ढोरपाटन सडकको नजिकै पर्ने यो टाकुरा भविष्यमा पर्यटकीय हब हुनसक्ने स्थानीय बताउँछन् । भीमगिठे, राजकुट र बुर्तिबाङदेखि यहाँ सिधै पुग्न सकिन्छ । यहाँसम्म पुग्ने मोटरबाटो त निर्माण भएको छैन तर गोरेटो बाटो हुँदा अहिले पर्यटक त्यहाँ पुग्ने गरेका छन् । सडक सञ्जालले जोड्न सके धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोट र टाकुरालाई विकास गर्न सके पर्यटनबाटै राम्रो आम्दानी गर्न सक्ने देखिन्छ । टाकुराबाट देखिने अनगिन्ती दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । एकपटक यहाँ पुग्ने जोकोहीलाई पुनः अर्कोपटक पुगौँ पुगौँ हुने गराउँछ ।
यसको विकासका लागि वडा कार्यालय तदारुक रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष दीपक कुँवर (दीपु) ले बताउनुभयो । अध्यक्ष कुँवरले नरसिंहकोट फोक्सिङदेखि टाकोरा जोड्नका लागि मोटरबाटो निर्माण गर्ने योजना बनाएको बताउनुभयो । उहाँले नरसिंहकोट र टाकुरालाई जोडेर विकास गर्ने भन्दै अब यी दुवै ठाउँमा पर्यटन पूर्वाधार निर्माण गर्ने बताउनुभयो । ‘टाकुरामा अहिले कुनै पनि पूर्वाधार निर्माण भएको छैन तर पनि आन्तरिक पर्यटकको चाप निकै छ, नरसिंहकोटमा आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्, त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन, त्यहाँसम्म पुग्ने सडक सजिलो भयो भने अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ,’ अध्यक्ष कुँवरले भन्नुभयो ‘पालिका, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर नरसिंहकोट र टाकुराको विकास गर्न योजना बनाएको छु, यो वर्ष पनि केही कामको सुरुवात हुनेछ भने अर्को वर्षसम्म यहाँ पूर्वाधार निर्माण गर्ने वातावरण मिलाउनेछौँ ।’

टाकुरासम्म जोड्नका लागि बडिगाड गाउँपालिका-९ मालारानीतिरबाट पनि सडक सञ्चालनले जोड्ने काम भइरहेको उहाँको भनाइ छ । निसीखोला गाउँपालिकाले पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर यहाँसम्म सडक पु¥याउने अध्यक्ष कुँवरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?