पाल्पामा चार नयाँ अनुहारको उदय, प्रदेशमा भने दुुई सांसद दोहोरिए

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 10 mins

पाल्पा । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी छ । कतिपय निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ भने केही ठाउँहरूमा परिणाम आउने क्रममा छ । यसपटकको निर्वाचनमा मूलधारका राजनीतिक दलहरूलाई स्वतन्त्र र नयाँ दलले चुनौती दिएका छन् । जनताले पनि मूलधारका राजनीतिक दललाई भन्दा पछिल्लो समय नयाँ र स्वतन्त्र उम्मेदवारलाई मत दिएका छन् । देशभरको नतिजालाई हेर्ने हो भने पनि तीन महिनाअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राजतन्त्रको मुद्दा बोक्ने राप्रपा र केही नयाँ स्वतन्त्र व्यक्तिहरू जनताको नयाँ खोजीमा परेका अनुहार हुन् । यिनीहरूले लामो समयदेखि विरासत बोकेका कांग्रेस, एमाले र माओवादी दलको गढ भत्काउँदै आफ्नो झण्डा गाडेका छन् । अझ केही ठाउँहरूमा दलहरूबाटै पटक-पटक एउटै व्यक्तिले राज गर्दै आएका ठाउँहरूमा समेत नयाँ अनुहारले जित हात पारेका छन् ।

पाल्पामा पनि चार नयाँ अनुहारको उदय भएको छ । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा रहेको यहाँ निर्वाचित भएकामध्ये चारजना सांसद नयाँ हुन् । जसमा दुुईजना प्रतिनिधिसभा र दुुईजना प्रदेशसभामा नयाँ अनुुहार आएका छन् । उनीहरू पहिलोपटक संसद् टेक्दैछन् । क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकै ठाकुरप्रसाद गैरे निर्वाचित हुनुुभएको छ । उहाँ नयाँ हुनुुहुन्छ । उहाँले पूर्वउद्योगमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई तीन हजार ९६६ मतान्तरले पराजित गर्नुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउनुुभयो भने पाण्डेयले २३ हजार ८५१ मत ल्याउनुुभएको छ । यस क्षेत्रमा तत्कालीन एमालेमा हुँदा पाण्डेयले पटक–पटक निर्वाचन जित्दै आउनुुभएको थियो । तर, अहिले उहाँ एकीकृत समाजवादीमा गएपछि गठबन्धनको सहारामा अहिले चुनाव लड्नुुभएको थियो । तर, पटक–पटक निर्वाचन जित्दै आउनुुभएका पाण्डेयलाई यसपटक जनताले हराइदिए । यस क्षेत्रमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले पाँच हजार १८०, मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले एक हजार ४८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५१५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गैरेले ५०१, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खडानन्द गैरेले दुई सय, जनसमाजवादी पार्टीका देवबहादुर हिस्कीले ११०, जनता समाजवादी पार्टीका दुर्पाता सामैले १०९, नेपाल आमा पार्टीका ताराबहादुर खत्रीले ९९, स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ८८, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर दुख्वाले ३५ र स्वतन्त्र केशवबहादुर आलेले सात मत पाउनुभएको छ ।

यस्तै, क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नारायण आचार्य पनि नयाँ हुनुुहुुन्छ । यद्यपि उहाँ यसअघि प्रदेशसभा सदस्य हुुनुुहुुन्थ्यो । संघीय सांसदका लागि भने उहाँ नयाँ हो । आचार्यले ३१ हजार १०३ मत ल्याई विजयी हुनुुभयो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित हुुनुुभएको हो । पराजित गाहाले २० हजार २५६ मत ल्याउनुुभयो ।

यस क्षेत्रमा २०५१ देखि नै एमालेले निर्वाचन जित्दै आएको छ । यसअघिका निर्वाचनमा एमालेबाट अरू नै चुनाव लडेका थिए । अहिले यहाँ स्वतन्त्र उम्मेदवार विपिन कँडेल दुई हजार ८६३ मत ल्याएर तेस्रोमा हुनुहुन्छ । यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका थम्मनबहादुर बुढा मगरले एक हजार ९१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २४४, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले १०९, स्वतन्त्र उम्मेदवार राजु सुनारले ६६, जनता समाजवादी पार्टीका मेहरमान रानाले ५०, स्वतन्त्र उम्मेदवार नारायण न्यौपानेले २१, अर्का स्वतन्त्र उम्मेदवार डोलराज तिमिल्सिनाले सात मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पनि नयाँ हुनुुहुन्छ । उहाँ निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी हुुनुुभएको छ । श्रेष्ठले नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पाँच हजार ३९० मतान्तरले पराजित गर्दै विजयी हुुनुुभएको हो । श्रेष्ठले १७ हजार ६४२ मत ल्याउनुुभयो भने उहाँका प्रतिद्वन्द्वी खनालले १२ हजार २५२ मत ल्याउनुुभयो । यस्तै, प्रदेशसभामा मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४३१ मत प्राप्त गर्नुभएको छ । यस्तै, घर चिहृनका भिमसेन सुनारी मगरले ८० मत पाउनुभएको छ ।

क्षेत्र नं. १ (२) को प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका खेम सारु पनि नयाँ हुुनुुहुन्छ । उहाँले १४ हजार २९६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर खनाललाई पराजित गर्नुभएको हो । कांग्रेसका खनालले नौ हजार ५०५ मत ल्याउनुुभयो । विजयी सारु शिक्षक पेशाबाट राजनीतिमा आउनुुभएको हो । यहाँ मंगोल नेसनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३७४, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १६५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं. २(१) को प्रदेशसभामा विजयी नेपाली कांग्रेसका वीरबहादुर राना भने दोहोरिनुुभएको छ । उहाँ २०७४ को निर्वाचनमा समानुुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुुनुुभएको थियो । रानाले प्रदेशको विकास र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम गरेकाले यहाँका मतदाताले पुनः दोहो¥याएका हुन् । रानाले १६ हजार ३९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईलाई हराउनुुभयो । उहाँ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत हुनुुहुुन्छ । यहाँ मंगोल नेसनल अर्गनाइजेसनका लक्ष्मण गाहाले एक हजार ५९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले एक हजार ५२० मत प्राप्त गर्नुभएको छ । यस्तै, घर चिहृनमा ३५१, छातामा १६३ र मादल चिहृनमा ७७ मत खसेको छ । यस्तै, निर्वाचन क्षेत्र नं २(२) प्रदेशसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती पनि दोहोरिनेमा पर्नुुहुुन्छ । उहाँ २०७४ को निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित हुुनुुभएको थियो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९४१ मतले पछि पार्दै विजयी हुुनुुभएको हो । विजयी घर्तीले १३ हजार ९९२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी ओमबहादुरले १३ हजार ५१ मत प्राप्त गर्नुभयो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणि पौडेलले ८९०, मंगोल नेसनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३७८ र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३४५ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?