मेस्सी चम्कँदा मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वकप फुटवलको निर्णयक खेखमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो ।

समूह ‘सी’को पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध बनेको थियो । यो खेल अर्जेन्टिनाको लागि ‘गर या मरको अवस्थामा रहेको थियो ।

लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो ।

खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै दक्षिण अमेरिकी टिमको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड चार अंक सहित समूहको शीर्ष स्थानमा छ । एक अंक सहित मेक्सिको पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?