निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपति वेनले दिइन पार्टी अध्यक्षबाट राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ-वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।

‘चुनावको नतिजा सोचे जस्तो भएन। यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् । एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन्।

वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन्। साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?