महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी हुनुभएको हो ।
प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले-जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका पोखरेलले २२ हजार ३७२ मत ल्याउनुभयो ।
यो क्षेत्रमा लामो समयदेखि पोखरेलले जित्दै आउनुभएको थियो। उहाँ ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उहाँको जितमा ब्रेक लगाउन सफल बनेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका