बागलुङ । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित उम्मेदवारहरु गाउँ-गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ-१ र २ मा नव निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सांसद घरदैलोमा पुगेर धन्यबाद दिन थालेका हुन् । निर्वाचित भएको भोलिपल्टदेखि नै विजयी उम्मेदवारहरु समय तालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् ।
बागलुङ-१ बाट निर्वाचित हुनु भएका राष्ट्रिय जनमोार्चका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ-१ (१) मा विजयी बन्नु भएका दीपेन्द्र बहादर थापा र बागलुङ-१ (२) बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर-घरमा धन्याबाद दिँदै पुगि राख्नु भएको छ । बागलुङ-१ (१) बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यबादसहित उनीहरुको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताउनुभयो ।
सांसद थापा भन्नुहुन्छ- ‘हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरुलाई डिस्टर्व पनि गर्यौं हाला, अब उहाँहरुलाई धन्यबादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ-गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरुले सक्ने समाधान गरेरै छोड्छौँ ।’
थापाले निर्वाचनको परिणाम आएदेखिनै आफूहरू मतदातालाई धन्यवाद दिँदै घरघरमा पुगेको बताउनुभयो । बागलुङमा मंसिर ७ गते नै प्रत्यक्ष तर्फको मत परिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मंसिर ९ गतेदेखि १६ गतेसम्म मतदाता धन्यवाद कार्यक्रमको समय तालिका बनाएको भन्दै साही अनुसार आफूहरु गाउँ-गाउँमा पुग्ने बताउनुभयो ।
बागलुङ-१ बाट निर्वाचित चित्रबहादुर केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । केसीले जनताले आफूहरुलाई भरोसा गरेर जिताएको भन्दै अब जतनाको आवश्यकता र समस्यालाई समाधान गर्ने गरि काम गर्ने बताउनुभयो ।
‘अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरुको समस्या पहिले जस्तो थियो अहिले पनि उस्तै छ,’ केसीले भन्नुभयो- ‘हामीलाई विश्वास गरेर जिताउनु भएको छ, अब उहाँहरुको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।’
बागलुङ-२ (२) बाट निर्वाचित दोर्ण कुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसदमा समेत उनीहरुको आवाज बुलन्द गर्ने बताउनुभयो । उहाँले पश्चिम बागलुङ विगतदेखिनै पिछडिएको हुँदा यहाँका समस्याहरु समाधानका लागि आफू लागि रहने प्रतिबद्धता जनाउनुभयो ।
कुँवरले भन्नुहुन्छ- ‘मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ-गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुखी, दलित र जनतातिका समस्या बुझेको छु, म भोट माग्न मात्रै होइन, पहिले पनि गाउँ-गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यबाद दिने गरि म बस्ती बस्तीमा पुगिरहेको छु ।’
कुँवरले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरि कार्यक्रम तय गरेको बताउनुभयो । बागलुङ-२ (१) बाट निर्वाचित कांग्रेस कागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यबाद दिँदै गाउँगाउँमा पुग्नु भएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच