महोत्तरी । महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ। उहाँले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराउनुभयो ।
क्षेत्र नम्बर २ र ३ मा भने लोसपा विजयी भएको छ । क्षेत्र नम्बर ३ मा सरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी हुनुभएको छ । भण्डारीले निकटतम प्रतिस्पर्धी विजयकुमार सिंहलाई पराजित गर्नुभएको हो ।
ठाकुरले जसपाका हरिनारायण यादवलाई १२ सय ५० मतान्तरले पराजित गर्नुभएको छ ।
क्षेत्र नम्बर ४ को मतगणना भने जारी छ । यहाँ गठबन्धनबाट महेन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका