नृपेन्द्र बहादुर मल्ल
मुगु । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्बाचनमा मुगु जिल्लाबाट प्रमुख तीन वटै दलहरुका जिल्ला प्रमुखहरु निर्वाचित भएका छन ।
नेपाली कांग्रेसका पार्टी सभापति ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे छ । उहाँ गत असोजमा पार्टीको ९ औं जिल्ला अधिबेशसनमा पार्टी सभापतिमा निर्वाचित हुनुभएकाे थियाे ।
उहाँले ३ हजार ९ सय ९४ मतले एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयीहुनु भएको थियो ।
शाहीले १४ हजार ७ सय २ मत ल्याएर बिजयी हुनुभएकाे छ, भने उहाँका निकटतम प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मतप्राप्त गर्नुभएकाे छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर मल्ल पनि प्रदेश-१ मा प्रदेश सभा सदस्यमा विजयी भएका छन । गत बर्ष उहाँ पार्टीको जिल्ला अधिबेशनबाट पार्टी अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।
मल्लले ६ हजार ६ सय १८ मत ल्याएर बिजयी हुनुभएकाे हाे भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजबादीका गोपालबहादुर बमले ४ हजार ८ सय ८४ मत प्राप्त गरि पराजित हुनुभयाे ।
नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज मंगलबहादुर शाही प्रदेश क्षेत्र-२ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । उहाँ तीनबर्ष अघि पार्टीको जिल्ला ईन्चार्ज चयन हुनु भएको थियो ।
शाहीले ८ हजार ४ सय २९ मत ल्याएर प्रदेश सभा सदस्यमा विजयी हुनु भयो । उहाँका निकटतम ईन्चार्ज नेकपा एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याएर पराजित हुनुभयाे ।
प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका शाहीले जिल्लाको शिक्षा, स्वास्थ्य र तथा पर्यटन बिकासमा जोड दिनुका साथै बाढी पहिरोबाट पिडित परिवारलाई राहतको निम्ति सरकारसंग पहल गर्ने बताउनु भयो ।
जिल्लामा मतदान सम्पन्न भएको ६ दिन पछि आईतबार मुख्य निर्वाचनअधिकृतको कार्यालयबाट संघ प्रदेशको मतपरिणाम घोषणा गरिएको थियो ।
जिल्ला शान्तिपूर्ण र धाधलीरहित निर्वाचन सम्पन्न गर्न पाउदा आफुलाई निकै खुशी लागेको मुख्य निर्वाचनअधिकृत दिलकुमार व्रदेवाले बताउनु भयो । जिल्लाको कुलमतदाता ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको छ ।
मुगुमा करिव २३ बर्ष पछि प्रतिनिधि सभा सदस्यमा कांग्रेसले जितेको छ । २०४८ साल यता भएका संसदिय निर्वाचनको ईतिहासलाई हेर्दा २०४८ र २०५१ सालमा नेपाली कांग्रेसका हस्तबहादुर मल्ल २०५६ सालमा एमालेका चन्द्र बहादुर शाही २०६४ सालमा नेकपा माओवादी केन्द्रका नवराज धामी २०७० मा एमालेका मोहन बानिया २०७४ मा एमाले कै गोपालबहादुर बम निर्वाचित हुनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका