महिन्द्र राय यादव २०५१ देखि निरन्तर संसदीय यात्रामा

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । सर्लाही क्षेत्र नम्वर २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई दुई हजार ११ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ र जनमत पार्टीका नरेश प्रसाद कुशवाहाले छ हजार ५५४ मत प्राप्त गर्नुभएको छ । महिन्द्र राय यादव सर्लाही २ बाट तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ २०७० र २०७४ सालमा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यादव पहिलो पटक २०५१ मा संसद छिर्नुभएकाे थियाे । त्यस पछि उहाँ निरंतर संसदीय यात्रामा हुनुहुन्छ । २०५१ र २०५६मा सर्लाही एक बाट चुनाव जितेका यादवले त्यस पछि सर्लाही ४ बाट २०७०मा र त्यस क्षेत्र राज्यको पुनः संरचना सङै सर्लाही २ भएपछि २ बाट २०७४ र २०८९ मा संसद यत्रा तय गर्नु भएको हो । यदवले पहिलो संबिधान सभामा भने समानुपातीक बाट आफनो संसद यत्रा तय गर्नु भएको थियो । यादव पटक पटक संसद मात्र नभएर मन्त्री हुने सुचिमा समेत पर्नेुहुन्छ ।

हाल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आवद्ध यादव माओवादी केन्द्रसँगको सहमति अनुसार माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रनु भएको थियो । सर्लाही २ मा मधेशका दुई जना शिर्षस्थ नेताबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो । कडा प्रतिस्पर्धाका बीच तेस्रो पटक (सर्लाही सदरमुकाम मलङवा क्षेत्र वाट) निर्वाचित भएर महिन्द्र राय यादवले ‘ह्याट्रिक’ गर्नुभएको छ ।

२०७४ मा धनुषामा नेपाली कांग्रेसका तत्कालिन उपसभापति विमलेन्द्र निधीलाई पराजित गर्नुभएका राजेन्द्र महतो यो पटक भने आफ्नै गृहजिल्ला सर्लाही आएर आफ्ना पूर्व सहकर्मी यादवसँग प्रतिस्पर्धामा उत्रनु भएको थियो । दुई जना उम्मेदवार भएपछि सत्ता गठवन्धनले यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय अनुसार महिन्द्र राय यादव संङ प्रदेश सभा सदस्यमा उठानु भएका कांग्रेसका कौशलकिशोर राय सर्लाही क्षेत्र नम्वर २ (ख) बाट बिजयको बाला पैरिन सफल भएका छन ।

राय १७९ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो । चौधरी जिल्ला समन्वय समिति सर्लाहीका निवर्तमान सभापति हुनुहुन्छ । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य अशोक कुमार यादव तेस्रो हुनुभयो । जनता समाजवादी पार्टी (जसपा) का यादवले आठ हजार ९४० मत प्राप्त गर्नुभयो । मतगणना भर निकै कडा प्रतिस्पर्धाका बीच अन्तिममा कांग्रेसका राय १७९ मतको झिनो अन्तरले विजयी हुनुभयो ।

उता मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय अनुसारै राजेन्द्र महतो संङै नेपाली कांग्रेसका उम्मेद्वार जंगिलाल राय निर्वाचित हुनुभएकाे छ । सत्ता गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका उम्मेद्वार सुनिल कुमार साहले ७ हजार २१४ मत ल्याए । राय लोसपा वरिष्ठ नेता राजेन्द्र महतोको प्यानलमा हुनुहुन्थ्याे भने साह नेसपा अध्यक्ष महिन्द्र रायको प्यानलमा रहनु भएकाे थियाे । रायलाई कांग्रेसले कार्बाही समेत गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?