आमनिर्वाचनमा राप्रपाको फड्को

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हालै सम्पन्न आमनिर्वाचनमा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन ।

तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको सबै मतरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसदमा र प्रदेशसभामा ११ जना निर्वाचित भइसकेका छन् ।

केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणाालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छैन भने सिट बाँँडफाँट पनि गरिएको छैन ।

तर, हालसम्म सार्वजनिक मतपरिणाामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल बनेको छ भने प्रत्यक्षतर्फको मतपरिणाामअनुसार संघीय संसदमा सात जना र प्रदेशसभा ११ जनाले उपस्थिति जनाउने भएका छन् ।

यसअघि २०७४ सालमा राप्रपाबाट संघीय संसदमा राजेन्द्र लिङ्देन र प्रदेशसभामा  प्रदेश १ मा इन्दिरा राई, बागमतीमा रिना गुरुङ र रिता माझी र कर्णालीमा सोशीला शाहीकाे मात्र उपस्थिति थियो । तर, यसपटक संघ र प्रदेश दुवैमा राप्रपाले सुधार गर्दै फड्को मारेको हो ।

राजेन्द्र लिङदेन, दीपक बोहरा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, डा. धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाही  प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै संघीय संसदमा सहभागी हुने भएका छन् ।

यसैगरी, झापा १ (ख)बाट सबिना बजगाइँ, झापा ४(ख) भक्तिप्रसाद सिटौला, चितवन ३ (क) ज्ञानुजंग लामा, धादिङ २ (ख) डम्बर तामाङ,  काठमाडौं २ (क र ख) क्रमशः सुनिल केसी र राजु विष्ट, काठमाडौं ५ (क) राजेन्द्र प्रजापती, काठमाडौं ८ (ख) उद्धव थापा, काठमाडौं ९ (क) नुरज बज्राचार्य, रुपन्देही १(क) आशिषकुमार चौधरी र कपिलवस्तु ३ (ख)बाट जानकीप्रसाद यादव निर्वाचित हुँदै प्रदेशसभामा सहभागी हुने भएका छन् ।

समानुपातिकतर्फको अन्तिम मतपरिणामपछि हुने सिट बाँडफाँट पनि यो संख्या बढ्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?