मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीमा  शनिबार राति भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पुरानो थिमी ओरालोमा दुवाकोटबाट पुरानो थिमितर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च. ४२९३ नम्बरको महेन्द्रा म्यासिमो गाडी र विपरित दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछेंका २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको हो ।

फसिकवालाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भक्तपुर नगरपालिका-७ गोलमढीका ३२ वर्षीय सिनल ग्वाछाको सोही अस्ततालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताउनुभयाे ।

घटनास्थलमा प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको टोली पुगि प्रारम्भिक अनुसन्धान गरी दुर्घटनामा संलग्न गाडी र चालक सिन्धुली फिक्कल गाउँंपालिका-१ घर भई भक्तपुरको दुवाकोटका २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमिमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?