समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो, कुन दलले कति ल्याए ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको हाल ८० प्रतिशत मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

यद्यपि उक्त मतपरिणम आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको आयोगले जनाएको छ ।

यसपटकको आमनिर्वाचनमा एक करोड ७९ लाख ८ हजार ८५० मध्ये झण्डै ६१ प्रतिशत मत खसेको थियो । कूल खसेको मतको ८० प्रतिशत मतगणना गरिसक्दा अब समानुपातिक प्रणालीतर्फ  झण्डै २४ लाख मत गणना गर्न बाँकी रहेको आयोगले उल्लेख गरेको छ ।

हालसम्म समानुपातिकमा कुन दलले कति ल्याए ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२४,२३,३३५

नेपाली काँग्रेस
२३,०३,६५७

माओावादी केन्द्र
१०,०८,१००

राष्ट्रिय स्वतन्त्र पार्टी
९,८८,९६६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,१६,६८७

जनता समाजवादी पार्टी, नेपाल
३,०२,२५१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,३७,०४९

जनमत पार्टी
२,३५,१४४

नागरिक उन्मुक्ति पार्टी
२,०२,१०८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,२२,७०३

नेपाल मजदुर किसान पार्टी
७०,४७३

हाम्रो नेपाली पार्टी
४९,९०९

मंगोल नेशनल अर्गनाइजेशन
४४,२५१

राष्ट्रिय जनमोर्चा
४३,९८१

नेपाल संघीय समाजवादी पार्टी
३०,३००

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
२५,४२०

राष्ट्रिय जनमुक्ति पार्टी
२२,१९९

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?