सिन्धुलीको दुधौलीमा लाग्ने बाला चतुर्दशी मेलाकाे नगर प्रमुख अधिकारीद्वारा उद्घाटन

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ डकाहामा आइतबारदेखि बाला चतुर्दशी मेला सुरु भएको छ । आगामी आइतबार सम्पन्न हुने मेलाको नगर प्रमुख दिनेश अधिकारी दनुवारले उद्घाटन गर्नुभएको हो ।

मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख अधिकारी दनुवारले ऐतिहासिक किम्वदन्ती रहेको बाला चतुर्दशी मेला डकाहा बजारमा २०२८ सालदेखि बर्षेनी लाग्दै आएको बताउनुभयो ।

‘बाला चतुर्दशी मेला डकाहाको मात्र नभएर दुधौलीकै ऐतिहासिक मेला हो । यसले कमलाखोँच क्षेत्रलाई चिनाउन सहयोग पुगेको छ,’ उहाँले भन्नुभयो, ‘यस मेलाले एउटा इतिहास रचेको छ,’उहाँले भन्नुभयो, ‘यस मेलालाई संरक्षण गदैँ अगाडी बढाउनुपर्छ ।’

यस मेलालाई निरन्तरता दिदै यसको सभ्य र भव्य रुपमा सम्पन्न गर्न नगर प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । दुधौली नगरपालिकाले लोप हुन लागेका मेला, पर्व र धार्मिक स्थलहरुको संरक्षण गदैँ आगामी दिनमा पर्यटकीय क्षेत्रको विकास गर्न लागेको उहाँको भनाई छ ।
नगरभित्र रहेका समस्याहरुलाई समाधान गर्नको निमित्त नगर केन्द्रित रहेको उहाँले बताउनुभयो ।

नगर उपप्रमुख चन्द्र किशोर थारुले मेलालाई सभ्य स्वस्थकर बनाउने कुरामा जोड दिनुभयो । अनुगमनका क्रममा अस्वस्थकर खानेकुरा वा म्याद गुजे्रका खाद्यन्न लगायतका सामान भेटिए कार्वाही गरिने उहाँले चेतावनी समेत दिनुभयो ।

दुधौलीको साँस्कृतिक पहिचान र पर्वलाई संरक्षण, प्रर्वधन गर्ने गरि मेला संचालन गर्न आयोजकलाई अनुरोध गर्नुभयो । सिर्थाँैलीमा बर्षमा एक पटक लाग्ने १५ दिने कमलाधाम मेला, दुनपा–९ मा लाग्ने घोडा बजार लोप भएको उहाँले सुनाउनुभयो ।

मेलामा दनुवार जातीको लोपन्मुख नमुना घर, पिङ, सर्कस लगायत मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । दुनपा–४ का वडा अध्यक्ष रितबहादुर विश्वकर्मा (रितेश) को अध्यक्षतामा भएको कार्यक्रमको आयोजक बाला चतुर्दशी मेला समिति रहेको छ ।

 

 

 

 

 

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bimesh
Bimesh
2022-11-27 9:38 pm

खेलकुद सम्बन्धी पनी कुरा आउनु परो ।🏆🥇⚽️

रिलेटेड न्युज

छुटाउनुभयो कि ?