कोस्टारिकाले जापानलाई हरायो

Read Time = 2 mins

दोहा । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० ले पराजित गरेको छ । अहमद बिन अलि रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा कोस्टारिकाका लागि खेलको अन्त्यमा फुलर स्पेन्सले निर्णायक गोल गर्नुभयो ।

समूह ‘ई’को पहिलो खेलमा जर्मनीमाथि अप्रत्यासित शानदार जित हात पारेको जापानले यस खेलमा जित हात पारे नकआउट चरणमा प्रवेश गर्ने थियो । तर अन्तिममा सम्हालिन नसक्दा जापानले नकआउट चरणमा प्रवेशका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

जर्मनीले पहिलो खेलमा कोस्टारिकामाथि ७–० को फराकिलो जित हात पारेकाले पनि धेरैले यो खेल जापानको पक्षमा जाने सोचेका थिए । तर ८१ औं मिनेटमा फुलरले जापानको सपनालाई पूरा हुन दिनुभएन । उहाँले येल्त्सिन तेजेडाको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै गोल गर्नुभएको थियो । उहाँको प्रहार गोलरक्षक शुइची गोन्डाको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

कोस्टारिकाका लागि भने यो महत्वपूर्ण जित सावित भएको थियो । यो जितसँगै उसको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । खेलमा जापानले अधिकांश डोमिनेट गरेपनि गोल भने गर्न सकेन् । खेल अवधिभर थुप्रै आक्रमण बुनेको जापानले त्यसको सदुपयोग गर्न सकेन । समूहमा स्पेन, जापान र कोस्टारिकाको समान तीन÷तीन अंक छ । यस नतिजासँगै सबै टोलीको अघि बढ्ने सम्भावना उत्तिकै छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?