लैंगिक हिंसाविरुद्ध माइतीघरमा पर्फमेन्स आर्ट

Read Time = 1 min

काठमाडौं । लैंगिक हिंसाविरुद्ध माइतीघरमा पर्फमेन्स आर्ट भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार काठमाडौंको माइतीघरमण्डलामा सचेतनामूलक पर्फमेन्स आर्ट भएको हो । हिंसाका विभिन्न स्वरूप देखाउने भेषभूषा र आवरणमा प्रस्तुत भएर अभियन्ताहरूले लैंगिक हिंसाविरुद्धको सचेतनामूलक पर्फमेन्स गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा कलाकारहरू राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिना, मनिषा श्रेष्ठ, सुरज पराजुलीलगायत कलाकारले प्रस्तुति दिनुभएको थियो । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रमको आयोजना गरिएको थियो । यसअघि शनिबार जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवद्र्धन गर्न वाकाथान आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?