सेयर बजारमा दोहोरो अंकको वृद्धि

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार ११.५६ अंकले बढेको सेयर बजार आइतबार ३२.४३ अंकले बढेको हो । यसअघि गत मंगलबार ७.१३ र बुधबार ७.७२ अंकले नेप्से घटेको थियो । आइतबार नेप्से १.६८ प्रतिशतले बढेर १९६५.९८ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले बढेर ३८६.२७ अंकमा पुगेको छ ।

कुल दुई सय ३३ कम्पनीको ४२ लाख २३ हजार आठ सय ६७ कित्ता सेयर दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँमा कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम एक अर्ब १० करोडले बढेको हो । बिहीबार ९२ करोड ५१ लाखको कारोबार भएको थियो । कारोबार भएका कुल १३ समूहगत सूचकमध्ये १२ को बढेको छ भने म्युचुअल फण्डको सूचकमात्रै घटेको छ । लघुवित्त सूचक सर्वाधिक ३.०८ प्रतिशतले बढेको छ । फाइनान्स र उत्पादन तथा प्रशोधनमूलक सूचक पनि दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।

हिमालयन डिष्टिलरीको सर्वाधिक ४५ करोड चार लाख सात हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने नबिल बैंक १२.३० करोड, नेपाल टेलिकम ९.७९ करोड, शिवम् सिमेन्ट्स ८.१८ करोड र नेष्डो समृद्ध लघुवित्तको ६.०६ करोडको कारोबार भएको छ ।

डिप्रोक्स लघुवित्तको सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्त ७.४३, कुमारी बैंक ६.७७, घलेम्दी हाइड्रोपावर ६.५७ प्रतिशत, नेष्डो समृद्ध ६.५४, सिइडिबी हाइड्रोपावर ६.४९ प्रतिशत, धौलागिरि लघुवित्त ६.०९, लक्ष्मी इक्विटी फण्ड ५.९७, पञ्चकन्या माई हाइड्रोपावर ५.९५ र श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.९१ प्रतिशतले बढेको छ ।

एनएमबी हाइब्रिड फण्ड एल-१ को ३.११ प्रतिशत, प्रभु सेलेक्ट फन्ड २.२६ प्रतिशत, एनआइसी एशिया ब्यालेस्ड फण्ड २.०२, केबिएल डिबेञ्चर २०८६ को २ प्रतिशत र लक्ष्मी बैंक डिबेञ्चर २०८८ को इकाई मूल्य २ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?