सगरमाथामा फेरि कासाको फेसन शो

Read Time = 1 min

काठमाडौं । नेपाली कपडा ब्राण्ड ‘कासा’ ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ । पाँचौँ वार्षिकोत्सवका अवसरमा कासाका सञ्चालक डा. पंकज गुप्ताले घोषणा गर्नुभएको हो ।

पहिलोपटक उक्त कम्पनीले कालापत्थरमा र दोस्रोपटक सगरमाथाको पाँच हजार पाँच सय मिटर उचाइमा पर्ने ‘गोक्यो’ मा फेशन शो आयोजना गरी विश्व रेकर्ड कायम गरेको थियो ।

द एभरेष्ट शोमार्फत् तेस्रो विश्व रेकर्ड बनाउन कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । चार वर्षअघि स्थापना भएको कासा ब्राण्डका उत्पादन विभिन्न मुलुकमा निर्यात हुँदै आएका छन् । कासाको मुख्य शाखा पाटनढोका र आउटलेट दरबारमार्ग र गैरीधारामा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?