हुण्डाई रोड टु फिफा वल्र्ड कप विजेता

Read Time = 1 min

काठमाडौं । नेपालस्थित हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वल्र्ड कप २०२२ फाइनल’ विजेता घोषणा गरेको छ । विजेताले कम्पनीतर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन् ।

त्यस्तै, कम्पनीले हुण्डाई मोटरको गोल अफ द सेन्चुरी अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एण्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेतालाई पनि कतारका लागि बिदाइ गरेको छ ।

हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता बन्नुभएको छ भने रोड टु फिफा वल्र्ड कप विजेतामा नयाँपालबहादुर पाण्डे हुनुहुन्छ । कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले विजेता घोषणा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?