वल्र्डलिंकका ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

Read Time = 1 min

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशभरबाट छनोटमा परेका सातजना ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली प्रदान गरेको छ । कम्पनीले सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउन सफल भएको अवसर पारी सातजना ग्राहकलाई टिभी कोसेली प्रदान गरेको हो । एक लाखदेखि सातौँ लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कोसेली पाउनेमा हेटौंडाका निरज बराइली, झापाकी मनिषा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुरका भीमबहादुर कुमाल, पोखराका रविन थापा र बालाजुका हुमनाथ अधिकारी रहनुभएको बताइएको छ । सन् २०१९ को फेब्रुअरीसम्म तीन लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप चार लाख ग्राहक थपिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?