बिर्तामोडमा एओजी राइड

Read Time = 1 min

बिर्तामोड । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइड आयोजना गरेको छ । ३० राइडरको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडर यात्राका क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिमा संलग्न भएका थिए । नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टिभिएसको प्रशंसा गरेको कम्पनीले जनाएको छ ।

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ भने अन्य क्षेत्रमा पनि आयोजना गरिने जनाएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?