विश्वकप-२०२२ : आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई/दुई खेलहरू हुनेछन् ।

पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । क्यामरुन र सर्बियाले पहिलो खेल हार व्यहोरेका थिए । दोस्रो खेलमा समूह ‘एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । कोरिया र घाना बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा रहेको छ । घाना पनि पहिलो दोस्रो जित चाहन्छ ।

विश्वकप अन्तर्गत नै आज राति हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९:४५ बजे सुरु हुनेछ । ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् ।

त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।

कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?