सुनसरी- १ बाट जसपाका अशोक राई निर्वाचित, रास्वपाकी कि गोमा झिनो मतान्तरले पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोककुमार राई विजयी हुनुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्नुभएको हो ।

निर्वाचित राईले १७ हजार ५९ मत ल्याउनभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गर्नुभयो ।

२०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जित्नुभएका राईले त्यस पछाडिका सबै चुनाव हार्नुभएको थियो ।

उहाँ एमालेसँगको तालमेलमा उम्मेदवार हुनुभएको थियो । चुनावको मौन अवधि सुरू हुनुअघि एमाले अध्यक्ष केपी ओलीले अशोक राईलाई चुनाव जित्न साथ दिने बताउनुभएको थियो ।

२०४८ सालको निर्वाचनमा राई खोटाङबाट निर्वाचित हुनुभएको थियो । ५१ को मध्यावधिमा पनि उहाँले खोटाङबाटै जित्नुभयो । ५४ सालमा एमाले विभाजन हुँदा उहाँ मालेमा लाग्नुभयो। मालेमा लागेपछि उहाँले आफ्नो निर्वाचन क्षेत्र खोटाङ पनि छाड्नुभयो । ५६ मा उदयपुरबाट उठ्नुभएका उहाँ त्यसताका विजयी हुनुभएको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?