‘एकजना राजा रहँदैमा कुनै फरक पर्दैन’

Read Time = 18 mins

✍️ मणि शर्मा

यस पटकको चुनावको परिणाम अद्भूत आयो । धाँधली, पैसाको चलखेलका बाबजुद पनि नयाँ युवा अनुहारहरू संसदमा आउनु सकरात्मक कुरा हो । पैसाको चलखेल अत्याधिक भयो । बुथ कब्जा गरेर मरेका र विदेशमा रहेका मानिसहरूको नामबाट मत खसालियो । मतगणनामा व्यवधान गरियो, बुथमा आक्रमण भयो । पैसाको चलखेल अत्यधिक ठाउँमा गरी पुरानै अनुहारहरू फेरि पनि जितेर आएका छन् । त्यसमध्ये कतिपय चुनावबाट फालिएका पनि छन् । निर्वाचन आचारसंहिताको उल्लंघन हुँदा निर्वाचन आयोग, प्रहरी, प्रशासन मौन दर्शक बन्नु भनेको उनीहरूले नेताहरूको चाकडी बजाउनु हो ।

यो बत्तीस वर्षमा यी राजनीतिक दलहरूले इमानदारी तथा निष्ठापूर्वक देशहितका गर्न सकेका भए पैसा नबाँडिकन र धाँधली नगरिकन जनताको मन जितेर सजिलैसँग चुनाव जित्न सक्ने थिए । आफ्नो कर्मले गर्दा आज चुनाव जित्न अनैतिक क्रियाकलाप गर्न बाध्य भए । मतदाता तथा आफ्नो पार्टीप्रति गद्दारी गर्ने नेताहरूले पनि यही मौका हो भनेर पैसा लिई, भोजभतेर खाई पुनः तिनीहरूलाई नै जिताए । ग्रामीण इलाकामा बस्ने जनतामा अझै पनि चेतनाको स्तर वृद्धि हुन सकेको छैन तर जुम्ला यसको विपरीत निस्क्यो ।

निष्ठा तथा इमानदारीतापूर्वक नेता वा जनताले कर्म गरे ईश्वरका आराधना गरेसरह हुन्छ । नेताहरू त नास्तिक भए तर जनता त आध्यात्मिक हुनुपर्ने थियो । कौशिक नाम गरेका एकजना ब्राहृमण तपस्वीले तपस्याको बलमा आत्मबल प्राप्त गरेका थिए । एक पटक उनी एउटा वृक्षमुनि बसेर तपस्या गरिरहेका थिए । यत्तिकैमा एउटा चराले उनीमाथि बिष्ट्यायो । कौशिकले क्रोधले अग्नि शर्मा हुँदै राता राता नेत्र गरी चरातिर हेर्दा चरा भष्म भएर भुइँमा खस्यो । ब्राहृमणलाई आफ्नो बलमाथि गर्व भयो । एकदिन उनी एकजना सद्गृहस्थको घरमा भिक्षा माग्न पुगे । गृहस्वामिनी आफ्ना पतिलाई भोजन पस्किरहेकी थिइन् । ब्राहृमाणलाई भिक्षा दिन अबेला भएपछि उनी क्रोधित हुन्छ ।

बीपीको विचार तथा सिद्धान्त गिरिजाप्रसाद कोइरालाले छोडेदेखि कांग्रेसको पतन सुरु भएको र देउवाको पालामा आउँदासम्म यो पतनको बाटोमा गइसकेको छ । गठबन्धन नभएको भए अहिले ल्याएको सिटहरूभन्दा आधा सिटमात्र कांग्रेसले ल्याउने थियो ।

यो देखेर गृहस्वामिनीले भनिन्, म चरा होइन, क्रोध नगर्नुस्, ब्राहृमण महाराज, म आफ्नो नियमित कार्य समाप्त भएपछि भिक्षा दिनेछु । ब्राहृमणको क्रोध शान्त भयो । उनी आश्चर्यचकित भए । चराको कुरा यसलाई कसरी थाहा भयो ? गृहस्वामिनीले भनिन्, आश्चर्य नमान्नुस्, यो ज्ञान पतिसेवाको कारण प्राप्त भएको हो । यस बारेमा धेरै जान्नु छ भने मिथिलापुरीमा तुलाधर वैश्य कहाँ जानुहोस्, उहाँले बताउनु हुनेछ । कौशिक ब्राहृमण त्यहाँबाट भिक्षा लिएर मिथिलापुरीमा तुलाधर बैश्यको घरमा गए ।

सामान जोखिरहेको तुलाधरले भने, तपोधन कौशिक देव, केही क्षण प्रतीक्षा गर्नुहोस्, म सामान जोखिरहेको छु, हजुरलाई ती सद्गृहस्थ ब्राहृमणीले पठाएको होइन र ? म आफ्नो नियमित सेवा गरिहालूँ अनिमात्र हजूरको सेवा गर्नेछु । कौशिक आश्चर्यचकित भए, मैले नभनिकन यसलाई मेरो नाम कसरी थाहा भयो, गृहस्वामिनीले पठाएको कुरा यसले थाहा कसरी पायो ? कौशिकले तुलाधर आफ्नो कर्मबाट निवृत्त भएपछि यो कुरा सोधे । उनले भने, म उचित नाफा लिएर राम्रा सामान ग्राहकहरूलाई बेच्ने गर्दछु । यो इमान्दारीको कर्म गरेको हुनाले मैले यो दिव्यदृष्टि प्राप्त गरेको हूँ । उनको सेवा गरेपछि तुलाधरले भने, बढी जान्नु छ भने मगधमा निजाता चाण्डाल छन्, उनलाई भेट्नुस् । कौशिक मगधतिर लागे ।

उनी नगरको फोहोरमा कुचो लगाइरहेको थियो । ब्राहृमणलाई देखेर उसले साष्टांग ढोग ग¥यो र भन्यो, प्रभु हजुरले चरा मार्न सक्ने जति तप गरेर गृहस्वामिनीलाई भेटेर तुलाधरलाई भेट्दै यहाँ पाल्नुभएको छ, यो मेरो सौभाग्य हो । प्रभु, तबसम्म म आफ्नो नियमित कर्र्म गर्छु । हजुर विराजमान हुनुहोस् । चाण्डाल जब सेवा निवृत्त भयो ऊ कौशिकलाई लिएर आफ्नो घर गयो र आफ्ना वृद्ध मातापितालाई देखाउँदै भन्यो, अब म उहाँहरूको सेवामा मग्न हुनेछु, यो मेरो नियमित कर्म हो ।

म आफ्नो नियमित कर्म र कर्तव्यमा निष्ठा तथा इमानदारितापूर्वक लागिरहन्छु, यसैले मलाई दिव्यदृष्टि प्राप्त भएको छ । तबमात्र कौशिकले बुझे कि मानिस नित्य तप, साधना, पूजापाठले होइन कि निष्ठा तथा इमानदारीतापूर्वक आफ्नो कर्म र कर्तव्य गर्दैगए उसको लक्ष्य पूरा हुन्छ, ऊ लोकप्रिय पनि हुन्छ र संसार जित्न सक्छ । तर, हाम्रा अधिकांश नेताहरू तथा जनताले अपवादबाहेक के आफ्नो कर्म र कर्तव्य निष्ठा तथा इमानदारीतापूर्वक निर्वाह गरे ? आत्मचिन्तन गरून् । आज आमनिर्वाचन स्वच्छ तथा निष्पक्ष गराउन न सक्नुको कारण नेताहरूमा निष्ठा तथा इमानदारीताको कमी भएर होइन र ?
२०३३ सालपछिको बीपीको विचार तथा सिद्धान्त गिरिजाप्रसाद कोइरालाले छोडेदेखि कांग्रेसको पतन सुरु भएको र देउवाको पालामा आउँदासम्म यो पतनको बाटोमा गइसकेको छ । गठबन्धन नभएको भए अहिले ल्याएको सिटहरूभन्दा आधा सिटमात्र कांग्रेसले ल्याउने थियो तर यसले एउटा फाइदा के भयो भने जुन माओवादीलाई देउवाले बन्दुकले सिध्याउन सकेका थिएनन् तिनीहरूसँग मितेरी साइनो गाँसेर अंकमाल गर्दै पछाडिबाट चक्कु रोपेर उनीहरूलाई उनको साइजमा ल्याइदिएका छन् । मितको नाताले प्राणवायु धान्न सक्ने जति छोडिदिएको छ ।

अबका दिनमा कांग्रेस र एमालेले माओवादीलाई आश्रय दिनु हुँदैन ताकि आउने चुनावसम्म ऊ समाप्तप्रायः होओस् । माओवादी समाप्त हुनु भनेको एउटा अस्थिरताको कारकको अन्त्य हुनु हो तर पश्चिमा शक्तिले माओवादी र कांग्रेसप्रति जनताको बढ्दो वितृष्णालाई मध्यनजर गर्दै रवि लामिछानेलाई राजनीतिक रंगगमञ्चमा अवतरण गराएका छन् । उनको झन्डा र पार्टीको नामले पनि यही भन्छ ।

अहिले जनताले संसद्मा युवाहरूको चाहना र रवि लामिछानेको चामत्कारिक व्यक्तित्व, उनको बोल्ने शैली आदिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सम्मानजक सिट जित्न सहयोग गरेका छन् तर कांग्रेस र उसको मालिक एउटै हुन् । जसरी कुनै बेला प्रचण्ड र बाबुराम भट्टराई रहस्यमय चामत्कारिक व्यक्तित्व थिए, बिस्तारै उनीहरूको चमत्कारपछिको रहस्य खुल्दै गएपछि आज पतनको डिलमा उभिएका छन्, ठीक त्यसरी नै एक दिन रवि लामिछानेको अवस्था पनि आउने छ । रवि लामिछाने के हुन् भन्ने दृश्य चुनावमा नै देखियो ।

उनले गगन थापाका विरुद्ध आफ्नो दलबाट उम्मेदवारी दिएको उम्मेदवारको उम्मेदवारी फिर्ता लिनु तर रविन्द्र मिश्रलाई पराजित गर्न आफ्नो दलबाट उम्मेदवारी दिनुले पनि बताउँछ । कांग्रेसभित्रै पाँच–पाँचजना प्रधानमन्त्रीका दावेदार उँभिएका छन् । संसदीय दलको नेता चुन्ने बेलामा त्यहाँ महाभारत नै हुनेछ तर निर्णय अन्त कतैबाट हुनेछ । यो संविधानले नेपालमा अस्थिर सरकारको व्यवस्था गरेकाले यो संविधान खारेजी न हुँदासम्म मुलुक अस्थिर रहिरहने र विदेशीहरूको खेल मैदान बनिरहनेछ ।

रवि लामिछाने जेलेन्स्कीको अवतारको रूपमा उदय भएका छन् । सुरुमा आगामी चुनावका लागि उनले केही असल कामहरू गरेर जनताको मन जित्ने कोसिस गर्नेछन् । उनको काम कस्तो हुनेछ आगामी दिनहरूले बताउने छ । उनको दुईवटा मुद्दा छ भ्रष्टाचार उन्मुलन र संघीयता खारेज, यसबाट के लाग्छ भने उनलाई जुन शक्तिकेन्द्रले प्लान्ट गरेका छन् उनीहरू पनि संघीयता र नेपालमा बढ्दो भ्रष्टाचारबाट आजित भएका छन् । जनता पनि संघीयता र भ्रष्टाचारको विरोधमा भएको मनोविज्ञानलाई बुझेर यी दुई कामका लागि रवि लामिछानेलाई प्रयोग गरी पछि आफ्नो स्वार्थ सिद्ध गर्दै जानेछन् ।

रवि लामिछाने पनि यही संविधान, गणतन्त्र र धर्म निरपेक्षताका पक्षपाती भएको उनको चुनावी घोषणा पत्रले प्रमाणित गरेको छ । यहाँका अरू गणतन्त्र तथा सनातन धर्मविरोधी दलभन्दा उनी भिन्न छैनन् । माओवादीलाई प्रयोग गरेर विदेशी शक्तिकेन्द्रले यो काम फत्ते गरिसकेपछि र माओवादी अलोकप्रिय हुँदै गएपछि बाँकी अधुरा कामको जिम्मा रवि लामिछानेलाई दिएका छन् ।

गीतामा भनिएको छ-स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः । आफ्नो धर्मले जे निर्धारित गरेको छ त्यही कर्म गर्नुपर्छ, परधर्म अपनाउनु हुँदैन । आफ्नै धर्ममा रहेर कर्म गरे मुक्ति पाइन्छ । राजश्री विश्वामित्र जब आफ्नो राजधर्म त्यागेर ब्रहृमर्षि बने तब वशिष्ठले आफ्नो सय पुत्र गुमाउनु प¥यो । त्यसमाथि दशराज्ञ जस्तो युद्ध भयो जसमा लाखौंको ज्यान गएको थियो ।
महाभारतको उटाटा प्रसंग । कुन्ती र गान्धारी शरशैय्यामा सुतेका भीष्म पितामहलाई भेट्न गए । उनीहरू गइरहेको बाटोबाट दुई जना सैनिकले एकजना मृत सैनिकको शव दाह संस्कारको लागि लगिरहेका थिए । गान्धारीले यो कुरा सुनेपछि ती मृत सैनिकलाई प्रणाम गर्दै भनिन्, मलाई थाहा छैन, तपाइँले पाण्डवतर्फबाट युद्ध गर्नु भयो वा कौरवतर्फबाट । तैपनि म तपाइँलाई प्रणाम गर्दछु । किनकि तपाइँ यो महान् राष्ट्रको सैनिक हुनुहुन्छ । गान्धारीको यो भावना नै राष्ट्रवाद हो । जसले राष्ट्रका लागि ज्यान दिन्छ त्यो राष्ट्रवादी हो ।

एमालेले कम्युनिष्ट एकताको नाममा माओवादीसँग गठबन्धन गर्नु उसका लागि प्रत्युपादक हुनेछ र एकजना राजा रहँदैमा कुनै फरक पर्दैन तर सामन्त, नोकरशाही, दलाल पुँजीवाद रहृयो भने देश रहँदैन भन्ने मदन भण्डारीको सपनालाई पूरा गर्नुपर्छ ।

दुर्योधनमा शकुनि र चार्वाकको संगतले हजार दोषहरू थिए तर राष्ट्र विखण्डनको पक्षमा थिएनन्, राज्यलाई टुक्रा पारेर पाण्डवलाई दिने पक्षमा थिएनन् । उनी राष्ट्र विखण्डनको विपक्षमा सतिसाल झैँ अडिइरहे बरू आफ्नो ज्यान नै दिए । त्यसैले त दशैंमा टीका लगाइदिँदा ‘मानश्च दुर्योधने’ भनिन्छ । के सनातन धर्मविरोधी गणतन्त्रवादी नेताहरूमा त्यो अडान छ ?
एमालेले कम्युनिष्ट एकताको नाममा माओवादीसँग गठबन्धन गर्नु उसको लागि प्रत्युपादक हुनेछ र एकजना राजा रहँदैमा कुनै फरक पर्दैन तर सामन्त, नोकरशाही, दलाल पुँजीवाद रहृयो भने देश रहँदैन भन्ने मदन भण्डारीको भनाइलाई साकार गर्न धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विरुद्धमा राप्रपालगायत दलसँग सहकार्य गरी मदन भण्डारीको सपनालाई पूरा गर्नुपर्छ । राष्ट्रयोगी नरहरिनाथले भनेका थिए, जनता राजादेखि विपरीत भएर विदेशीले दुई-चार पैसा दिएअनुसार काम गर्छन् भने देशबेचुवा हुन्, धर्मबेचुवा हुन्, सरकार भए पनि, नेता भए पनि तिनीहरू देशबेचुवा र धर्मबेचुवा आफूलाई बेच्ने आत्मबेचुवा हुन् । त्यस्ताको कल्याण छैन । के एमालेले मदन भण्डारी र राष्ट्रयोगी नरहरिनाथको वचनलाई शिरोधार्य गरेर अगाडि बढ्ने हिम्मत गर्ने छ ?

शकुनि कौरवहरूको विनास गर्न उनीहरूको साखुल्ले पल्टेका थिए । यो निर्वाचनमा कांग्रेस माओवादीको साखुल्ले भएको थियो, परिणाम अगाडि छ । तर, एउटा राष्ट्रघाती शक्तिले अर्को राष्ट्रघाती शक्तिको शकुनि चाल चलेर समाप्त प्रायः गरे तापनि एक दिन शकुनिको अन्त्य जस्तै त्यो शक्तिको पनि अन्त्य हुनेछ । राष्ट्रियताको भावना नभएका शक्तिहरूको अन्त्य नभएसम्म देशले मुक्ति पाउँने छैन । तैपनि यसपटक संसदमा राष्ट्रियताको पक्षमा अडान राख्ने केही अनुहार झुल्केका छन् ।
तर, एक्लो बृहष्पतिले केही गर्न सक्ने होइन र उनीहरूको चित्कार अरण्य रोदनसरह हुनेछ । दुष्ट शक्ति नै संसदमा हावी हुनेछन् । योद्धाले पलङमा सुतेर वा सामाजिक सञ्जालमा सल्बलाएर युद्ध जितिदैन । युद्ध जित्न मैदानमै आउनु पर्छ । चाहे ती किशोर अभिमन्यू हुन् वा वयोवृद्ध भक्ति थापा वा नालापानीमा साना नानीहरू पिठ्युमा बोकेका वीरांगना नारीहरू ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?