निर्वाचनमा कुनै दलको वहुमत नआउनु देशका लागि दुर्भाग्यपुर्ण : एमाले उपाध्यक्ष पौडेल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको नेतृत्व विना देशले सही निकास पाउन नसक्ने बताउनु भएकाे छ । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलले वहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागिअधिकतम पहल गर्ने बताउनु भयो ।

पौडेलले निर्वाचनबाट कसैको वहुमत नआउनु देशका लागि दुर्भाग्यपुर्ण भएको बताउनु भयो । कुनै दलको वहुमत नआउँदा मुलुक अस्थिरताको चक्र व्युहमा फस्ने खतरा रहेको पौडेलको भनाई थियो । राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएपनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेको वहुमत आउन नसकेको पौडेलले बताउनु भयो ।

एमालेका शीर्ष नेताहरुलाई पराजित गर्ने योजना रहे पनि त्यो प्रयास सफल नभएको उहाँले बताउनु भयो । ‘एजेण्डाका हिसाबले एमालेले वहुमत पाउनु पर्ने हो तर पाएन’-पौडेलले भन्नुभयो ।

पौडेलले रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिवद्धता जनाउनु भयो ।
पौडेलले अन्यदलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफु सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दुरी नराखी समदुरी राखेर व्यवहार गर्ने बताउनु भयो । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्नगर्न सञ्चार क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको भन्दै सराहना गर्नु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?